सकिबको विश्व कपमा पहिलो सतक

तस्वीरः एजेन्सी

बंगलादेशका अलराउन्डर सकिब अल हसनले विश्व कपमा पहिलो सतक बनाएका छन्। आयोजक इंग्ल्यान्डविरूद्ध शनिवार कार्डिफ मैदानमा ब्याटिङ गर्ने क्रममा सकिबले १ सय १९ बलमा १ सय २१ रन बनाए। उनले यसक्रममा १ छक्का र १२ चौका प्रहार गरेका थिए।

बंगलादेशका ब्याट्सम्यानले विश्व कपमा सतक बनाएको यो दोस्रो अवसर पनि हो। सन् २०१५ मा महमदुल्ला बंगलादेशबाट विश्व कपमा सतक बनाउने पहिलो ब्याट्सम्यान बनेका थिए।

इंग्ल्यान्डले पहिलो इनिङमा दिएको ३ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा सकिबले ९५ बलमा सतक प्रहार गरेका थिए। एकदिवसीयमा सकिबको यो आठौं एकदिवसीय सतक थियो।

प्रकाशित मिति: : 2019-06-08 22:57:16

प्रतिकृया दिनुहोस्