सन्दर्भः आङ सान सुकीकाे ७७औँ जन्मदिन

उनी अर्थात् आङ सान सुकी

कुसुम गौतम

म्यान्मार
Breaknlinks
Breaknlinks

बिहानी झरेका टिपी शीत थोपा
मुहारै धुने गर्दछिन् मिर्मिरेमा
जगाई मनोभाव आफ्नो पनाका
खुसी बाँड्न आइन् परीझैँ पियाका।।

चुराको मिठो बोल साधा सुनाई
घुले रङ्ग ताजा सुनौलो प्रभाती
व्युँझाएर आँखा परेली फिँजाई
कुटी स्वर्ग पार्ने उनी हुन् विवेकी।।

जलाई चुलो अन्न दाती मुमा हुन्
उनी अन्नपूर्ण अपर्णा उमा हुन्
हटाएर अज्ञान छर्छिन् प्रकाश
उनी शारदा ज्ञान खानी समान।।

बजी घण्ट खङ्खादि आह्वान गर्छन्
झुली बागका पुष्प मुस्कान भर्छिन्
सुकेका सबै पात सङ्गीत बुन्छन्
विनाप्राण यी मूर्ति जीवन्त हुन्छन्।।

युगौँदेखि कर्तव्य आफ्नो चिनेर
गरिन् सामना कष्ट लाखौँ सहेर
उनी सृष्टिकी देन वीराङ्गना हुन्
चमक्दार छन् तेज तेजस्विनी हुन्।।



'जनताले भाेग्ने दुःख मैले भाेग्नु पराेस्'

जनताकाे अथाह प्रेम छ। मानिसहरू विभिन्न विशेषणले विभूषित गर्ने गर्छन्। उनीलाई घृणाभन्दा प्रेम गर्नेहरूकाे जमात हजाराैँ गुणा फराकिलाे छ। उनी पाैरखी, उदार स्वभावले सिञ्चेकाे चरित्र र दर्शनशास्त्रले भरिपूर्ण छिन्। सादा जीवन – उच्च विचारकी प्रतिमूर्ति, प्रजातन्त्रकाे धराेहर अर्थात् उनी हुन्– आङ सान सुकी।

नेत्री सुकीकाे जन्म सन् १९४५ जुन १९ मा मध्य म्यान्मार (बर्मा) को नात्मुक भन्ने ठाउँमा भएकाे हाे। उनकाे औपचारिक शिक्षा मध्य रङ्गुनस्थित सेन्ट फ्रान्सेस कन्भेन्ट स्कुलबाट सुरू भएकाे बर्मेली पाठशालामा पढेकाे स्मरण छ।

कहालीलाग्दाे राजनीतिक संकटबाट देशलालाई मुक्त गर्न नेत्री सुकी बच्चैदेखि मनन, चिन्तन गर्थिन्–रे (पढेकाे/सुनेकाे)। देश, जनता, प्रजातन्त्र र मानव अधिकारका लागि उनले गरेकाे त्याग र सङ्घर्षबाट विश्व नै परिचित छ। आफ्नै बुबाकाे जस्ताे माेहित पार्ने शक्ति– नेत्री सुकीकाे अर्काे परिचय पनि हाे।

राजनैतिक रङ्गमञ्चमा उनी सजिलै आईपुगेकी कहाँ हुन् र? चालिएका कदमहरू सहज अनि समय छाेटाे विल्कुलै छैन। उनीले भाेगेकाे जस्तै दुःख र पीडा व्यहोर्न कसले सक्ला र?

विचारै–विचारकाे पहाड, त्याग र समर्पनकाे प्रतिमूर्ति भनेर समेत चिनिने प्रजातन्त्रवादी नेत्री सुकी बर्मेली समाजकी आमा हुन् भने कसैकसैकी दिदी पनि हुन्। उनका लागि देश र जनता नै सबैथाेक हुन्। उनले देशका लागि पति र पुत्रहरू समेत त्यागिन्। सुख–सयल सम्पन्न परिवार नै त्याग गरिन्।

आफ्ना, इच्छा र आकांक्षाहरूलाई परित्याग गर्नु सानाे बलिदान हाेइन। 'कर्मकाे खेल रहेछ सबै याे जगतमा, कर्मकाे फेलापरी म परे बन्धनमा' भने झैँ कर्म कै खेलमा राजनीतिक परिवेशमा आइपुगिन् उनी। पूरा पढ्नुहाेस्

प्रकाशित मिति: : 2022-06-19 05:06:00

प्रतिकृया दिनुहोस्