छोरीले रजत जित्छे भनेर सोचेको पनि थिइनँ: डुवानाका बुवा मुखिया लामा

तस्बिरः बिएल नेपाली सेवा

१३ औं सागमा नेपाललाई दुई वटा रजत र तीन वटा कास्य दिलाउन सफल डुवाना लामाका बुवा मुखिया लामाले आफ्नो छोरीको प्रदर्शनले आफूलाई थप उत्साही तुल्याएको बताएका छन्।

सागको प्रतिस्पर्धामा उत्रिँदासम्म आफूलाई छोरीले पदक जित्ने आशा नभएको उनले बताए। तर, छोरीको सफलताले आफूलाई गर्वान्वित तुल्याएको उनको भनाई थियो।

बिएल नेपाली सेवालाई विशेष अन्तर्वार्ता दिँदै उनले भने, ‘एउटा इभेन्टमा कास्य चै जित्छे कि जस्तो लागेको थियो। तर, रजत पदक जित्ने कल्पना पनि गरेको थिइनँ।’

आठौं बृहत राष्ट्रिय खेलकुदपछि छोरीले निकै मिहिनेत गरेको उनको भनाई थियो। डुवाना हाल थाइल्यान्डको फुकेटमा बसेर पौडी सिक्दै आइरहेकी छिन्।
मुखिया लामासँग बिएल नेपाली सेवाले गरेको विशेष अन्तर्वार्ताः

प्रकाशित मिति: : 2019-12-09 21:20:29

प्रतिकृया दिनुहोस्