तीन प्रश्न–३

सहुलियत पसलबारे खाद्य व्यवस्था भन्छ–सस्तो पसलमा दुई रुपैयाँ छुट

उमेश थापा

काठमाडौं
BreaknLinks
BreaknLinks

नेपालीहरुको महान चार्ड दसैँ नजिकिएसँगै खाद्यान्नकाे किनमेल पनि तिव्र गतिमा बढिरहेका छ। तर सर्वसाधारणहरूले दसैँकाे मुखमा खाद्यान्नमा हुने कालो बजारी, खाद्यान्न अभाव पहिलादेखि नै भोग्नु परिरहेकाे छ। त्योसँगै खाद्यान्न संस्थामा बजारको भाउ भन्दा तेलको मूल्य बढी देखिरहेकाे छ। कालो बजारी, खाद्यान्न अभाव र तेलको मूल्य लिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रमुख ज्ञानु थापासँग बिएल नेपाली सेवाका लागि उमेश थापाले सोधेका तीन प्रश्न?

बजारमा खाने तेलको भाउ खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा भन्दा सस्तो छ किन?

सर्वप्रथम त हाम्रो संस्था व्यापार गर्ने संस्था होइन। यो नेपाल सरकारद्वारा सञ्चालित संस्थान हो। यहाँबाट नाफा घाटा हेरिदैँन बरू जनताहरुलाई चाडपर्व लक्षित गरेर सहुलियत दिइन्छ। बजारको मूल्य भन्दा हरेक सामानमा सात रुपैयाँ सस्तोमा हामी सामान दिन्छौं। झन विगतका वर्षमा भन्दा याे पटक हामीले दुई रुपैयाँ छुट दिएका छाैँ। तेलको विषयमा भने हामीले एक महिना पहिलो नै खाने तेल खरिद गरिसकेको हुन्छौं। त्यहीँ भएर पनि यस्तो भएकाे होला तर हामीले चाँडै मूल्य मिलाउने छाैँ। हामी कुनै पसले, होलसेल वा डिलर पनि होइनौं। बजारमा खाद्यान्न सामानको पनि मूल्य वृद्धि छ। यस्तो मूल्य वृद्धि कम गर्न र जनताहरुलाई सहि मूल्यमा समान दिन यो संस्था हरेक वर्ष चाडपर्वको बेलामा सञ्चालन हुन्छ। हामी खाने तेलको मूल्य मिलाउँछौँ र अरु सबै खाद्यान्न साम्रागी यो संस्थामा सस्तो छ। अन्तराष्ट्रिय बजारको मूल्यले गर्दा पनि हो। जनताहरुलाई यो संस्थाले खाद्यान्नमा महँगो लिदैन। सरकार पनि त घाटामा जानु भएन नी। हाम्रो मुख्य उदेश्य भनेको जनतालाई सेवा दिनु, छुट दिनु र सहि मूल्यमा सामान दिनु हो। 

सहुलियत पसल कति बजेदेखि खुल्छ? याे पसल कति वटा स्थानमा छ र जनताहरुलाई चाडपर्वमा पुग्ने खाद्यान्न छ कि छैन?

हाम्रो यस कार्यलय हरेक बिहान आठ बजे खुल्छ भने बेलुका सात बजे बन्द हुन्छ। सार्वजनिक बिदाको दिनमा पनि यो संस्था खुल्छ र जनताहरुलाई सेवा दिन्छ। हाम्रो अनलाईन मार्फत पनि सेवाग्राहीहरुले सामानको अर्डर गर्न सक्नुहुन्छ भने यो संस्था निश्चित ठाँउमा पुप्याएको शुल्क पनि लिदैन। पहिलाको वर्ष भन्दा थप तीन जिल्ला सञ्चालनमा आएको छ। पहिला ३९ जिल्लामा थियो भने अहिले ४२ जिल्लामा सञ्चालन भइरहेकाे छ। सबै खाद्यान्न संस्थामा कर्मचारीहरुले सेवाग्राहीलाई राम्रोसँग सेवा दिन्छन् भन्ने आशा पनि गरेको छु। यो वर्ष जनताहरुलाई चाडपर्वमा पुग्ने खाद्यान्न हामीसँग छ। आम मानिसहरु ढुक्क हुँदा पनि हुन्छ कि पहिलाको वर्षमा जे भए पनि यो वर्ष खाद्यान्नको अभाव हुँदैन र हामी अभाव हुन पनि दिँदैनाैँ। कालो बजारी गर्ने र जनताहरुलाई ठग्नेलाई हामी कारबाही पनि गर्छाैँ। 

खसी, बोका, च्याङग्राको बिक्री वितरण कहिलेदेखि सुरु हुन्छ? यसमा खसी बजार वा व्यपारीले बेच्ने भन्दा कति सस्तो हुन्छ?

हिन्दुहरुको महान चाडपर्व हो दसैँ र तिहार। यो पर्वमा खसी, बोका, च्याङग्राको माग पनि धेरै हुन्छ। तर पहिलाको वर्ष भन्दा यो वर्ष हामीले माग पूरा गर्ने कोसिस गछौं। यहाँ खसी, बोका, च्याङग्राको बिक्री वितरण १२ गतेदेखि हुनेछ। मैले भनिसके हाम्रो यो संस्थाले जनताहरुलाई चाडपर्वमा सस्तोमा सामान उपलब्ध गराउने हो। हामीले सुरुमैं दश रुपैयाँ सहुलियत छुट दिन्छौं भने बजारको मूल्य भन्दा हामीले प्रति केजीमा पचास रुपैयाँदेखि सय रुपैयाँसम्म छुट दिन्छौं।

प्रकाशित मिति: : 2022-09-23 22:10:00

प्रतिकृया दिनुहोस्