आइफोनको ‘फेस आईडी’ पनि असुरक्षित

Agency

विश्व चर्चित मोबाइल कम्पनी एप्पलको सबैभन्दा सुरक्षित मानिएको आइफोनको ‘फेस आईडी’ पनि त्यति सुरक्षित नभएको एउटा अनुसन्धानले पत्ता लगाएको छ।

चीनको रिसर्च कम्पनी ‘टेनसेन्ट’ ले हालैं गरेको एक अनुसन्धानमा आइफोनको ‘फेस आईडी’ लाई पनि धोका दिन सकिने पत्ता लगाएको हो।

‘टेनसेन्ट’ कम्पनीले ग्लास र टेपको सहयोगले एप्पलको ‘फेस आईडी’ फिचरलाई झुक्याउँन सकिने भर्खरै सम्पन्न ‘ब्लेक हेट सेक्युरिटी’ कन्फ्रेन्समा जानकारी दियो।

उसले ‘फेस आईडी’ मा भएको बगको सहयोगले फोनलाई अनलक गर्न ‘लाइभनेस’ नामक ‘अथेन्टिकेशन फिचर’ लाई बाइपास गरेर देखाएको थियो।

यो ‘फिचर’ ले आइफोनको ‘फेस आईडी’ लाई फोन प्रयोगकर्ताको अनुहार असली हो वा नक्कली, त्यसको सूचना प्रभाव गर्ने काम गर्छ।
‘लाइभनेस फिचर’ ले ‘फेस आईडी’ लाई ब्याकग्राउन्ड नोइस, रिस्पोन्स डिस्टोर्सन र फोकस ब्लरको सूचना प्रदान गर्ने काम गर्छ। यसले प्रयोगकर्ताको आँखाको पनि ‘स्क्यान’ गर्छ।

यसरी बनेको थियो- नेपालको पहिलो व्यवसायिक फिल्म माइतिघर

एनआरएनए क्यानडा : एनसीसीमा वामपन्थी बर्चस्व

दाइ, म किन नजाउँ विदेश ?

तर, यदी कुनै प्रयोगकर्ताले चश्मा लगाएको छ भने आँखाको ‘स्क्यान’ गर्ने प्रोसेसमा परिवर्तन देखिने गर्छ।

फोन अनलक हुन प्रयोगकर्ताको अनुहारको ‘डेटा क्याप्चर’ हुनुपर्छ। यस्तो अवस्थामा प्रयोगकर्ताले चश्मा लगाएको छ भने फोनले ३–डी डिटेलको डेटा संकलन गर्न सक्दैन।

‘टेनसेन्ट’ कम्पनीले चश्मा र कालो टेप भएको खण्डमा ‘फेस आईडी’ लाई मज्जाले झुक्याउँन सकिने बताइएको छ। यसको लागि चश्माको भित्री भागमा कालो टेप टाँस्नुपर्नेछ।

चिनियाँ कम्पनीले बेहोस भएका आइफोन प्रयोगकर्ताको फोन अनलक गर्न सजिलो पर्ने बताएको छ।

एप्पलले आइफोनको ‘फेस आईडी’ का लागि ६ वर्ष मिहिनेत गरेको थियो। यसका लागि १५ हजार इन्जिनियर खटिएका थिए। यो फिचरले ‘रियल टाइम’ मा अनुहारको ५० मसल्सको पहिचान गर्छ। वास्तवमा फोन अनलक हुन अनुहारको २५ मसल्सको पहिचान पर्याप्त मानिन्छ।

याे पनि पढ्नुहाेला।

कञ्चनपुरकी अर्की बलात्कृत निर्मला अपहरणमाः स्लिप-किक हान्दै बचाइन् ज्यान (भिडियो)

प्रकाशित मिति: : 2019-08-11 10:53:54

प्रतिकृया दिनुहोस्