मधुकर खनाल
दूर छ जुन, सबै जुनको तारिफ गर्छन्
जुनमा के छ ?
म उनकै दिवाना छु
उनमा के छ ?
नजरले खोज्छ तस्बिर
त्यो तस्बिरमा के छ ?
मुस्काउने लाखौं छन्
मनले खोज्छ उनकै मुस्कान
त्यो मुस्कानमा के छ ?
कान सधैं प्यासी छ
उनका वचनका लागि
त्यो वचनमा के छ ?
आफ्नै भनी
हकदाबी गर्न सकिन्न
सद्भाव र प्रेम राखेमा
मुद्धा त लाग्दैन नि, भनि
सोध्न मन छ।
दूर छ जुन, जुनमा के छ ?
म उनकै दिवाना छु,
उनमा के छ ?
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया