कतारबाट काठमाडौं आउँदा मसला पिँध्ने ओखलमा लुकाएर ल्याएको डेढ किलो सुन बरामद

तस्बिरः बिएल

हिमालय एअरलाइन्सबाट कतारबाट काठमाडौं आउँदै गरेका होमबहादुर गुरूङको साथबाट प्रहरीले डेढ किलो सुन बरामद गरेको छ।

लुकाएर ल्याउँदै गरेको अवस्थामा विमानस्थल प्रहरीले चेक जाँच गर्दा उक्त परिणामको सुन बरामद गरेको प्रहरीले जनाएको छ।

मसला पिँध्ने ओखलमा लुकाएर ल्याएको अवस्थामा उक्त परिमाणमा सुन बरामद गरिएको भन्सार स्रोतले जानकारी दिएको छ। त्यस्तै उक्त सुन लिन गएका अन्य दुई जनालाई विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको छ।

हिमालयन एयरलाइन्सको उडान नम्बर एच ९५६४ बाट बिहान ८:४० बजे दोहादेखि काठमाडौं आएको बिमानबाट आएका यात्रु तनहुँ घर भएका होम बहादुर गुरूङ लुकाइ छिपाइ ल्याएको सुनसहित पक्राउ परेका हुन्।

उनले ल्याएको सुन लिन जाने मोरङ पथरी शनिश्चरे २ का अनिल लुइँटेल र पथरी शनिश्चरे ९ का भोजराज घिमिरेलाई पनि प्रहरीले १४०० ग्राम सुनसहित पक्राउ गरेको छ।

उनीहरूलाई नियन्त्रणमा लिएर भन्सारलाई आवश्यक कारबाहीका लागि बुझाइएको विमान्थल प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-09-09 12:15:43

प्रतिकृया दिनुहोस्