राप्रपा पनि मुछियो सहकारी ठगीमा, सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी

फाइल तस्विर
फाइल तस्विर

सहकारी ठगी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ। जिल्ला अदालत नवलपुरले सहकारी ठगी प्रकरणमा बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गरेकाे हाे।

प्रहरी कार्यालय कावासोतीसहितको छानबिनमा रकम हिनामिनामा सांसद बस्नेतको समेत संलग्नता रहेको खुलेको थियो।

सांसद बस्नेत अहिले फरार रहेको र उनको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ।

सांसद बस्नेतले चितवनको सनसाइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १ करोडभन्दा बढी रकम अपचलन गरेको अनुसन्धानमा खुलेको छ।

प्रकाशित मिति: : 2024-04-29 18:58:00

प्रतिकृया दिनुहोस्