साथीको साथ अनि सम्झना

तस्बिरः बिएल

हिउँभन्दा संग्लो,जूनभन्दा जाती,… हामी हौं कहिल्यै नछुट्ने साथी ...

जिन्दगीले मान्छेलाई कहाँकहाँ लादॊरहेछ, यो त समयले बताउनेरहेछ। सायद लेखेको अनि देखेकोमा फरक हुने भनेकै त्यही होला। अचेल समय मसँग निक्कै रोइलो गर्छ र त बेलाबेलामा आफ्नो महत्व झल्काउँछ। चिसॊ मौसमका कारण रुघा लागेकोले धेरै दिनसम्म नि छोडेन अनि ज्वोरॊले समातिरह्यो।

जिउ दुखिरहेको थियो। हनहनी ज्वरो पनि आइरहेको थियो। त्यसैले पनि मलाई केही पनि खान मन लागेको थिएन। बिहानदेखि केही नखाएकाले अलिअलि  कमजोर भएकी थिएँ। हिजो बिहान बनाएको खाना टेबलमा त्यत्तिकै थियो।

घरी जिउ रन्केजस्तो, घरी चिसो भएको जस्तो भइरहेको थियो मलाई। बाहिरको मौसम बदली र बादल गर्जिएजस्तै मेरो देहमा बदली भइरहेको थियो।

उसै त सञ्चो नभएको जिउ, त्यसमाथि युरोपको चिसॊ अनि उसैमाथि हप्तौं दिनदेखिको झरी! मन अशान्त भइरहेको थियो। म ओछ्यानबाट उठ्न सकिरहेकी थिइनँ। बल्लतल्ल एक गिलास पानी तताएर  खाएँ।

एकछिन फेरि पल्टिएँ। मोबाइलमा मेसेजको आवाज आयो अनि हेरेँ। इमेल आएको रहेछ। उफ्फ़! रिपोर्ट बुझाउनुपर्ने मिति तय भैसकेको रै’छ। मन अशान्त भयो।

यो पनि हेर्नुहोस्- 

पम्फा फूल: थियटरमा अर्गानिक स्वाद

पम्फा मारिन्जेल सम्मको दृश्य काठमाडौंका दर्शकले जस्ताको तस्तै हेरेका छन्। त्यसपछि केही दृश्हरु थपिएका छन्। जुन अब कर्णालीमा हुनेले मात्र हेर्न पाउनेछन्। थिएटरको 'थ' नसुनेकाको अर्गानिक अभिनय रहेको नाटकको अर्गानिक स्वाद चाख्न जुम्लामा पहिलो पटक अभ्यास गरिएको थिएटर जानुपर्छ। नछुटाउनुहोस् है! Details

दराजबाट थर्मामिटरले ज्वरो नापेँ। १०५ डिग्री देखायो।

यसै ढुकढुकी बढेर आयो। रात परिसकेको थियो। तर, सिरक थप्दा पनि कम्प रोकिएको थिएन। मन आत्तिन थाल्यो। ‘कतै आजै यसरी नै पो बित्ने हो कि!’ आतिएको  दिमागमा एक्कासि यस्तो विचार पलायो। त्यसपछि नजिकको फार्मेसीबाट सिटामोल किनेर खाएँ।

आज बिहानदेखि आमाको सम्झना आइरहेको थियो। जिउमा विसञ्चो हुँदा कति केयर गर्नु हुन्थ्यो आमाले! दुधको मसालेदार चिया! तेजपत्ता, दालचिनी, मरिच, अदुवासहितको मसालेदार चिया खाएपछि थकाई र दुखेको टाउको हलुङ्गो भएर आउँथ्यो।

के गर्नु सधैं सबैजना सँगैं हुने भए त कति रमाइलो हुन्थ्यो होला! मनमनै सोचें। धेरै सम्झना आयो आमाबाबाको। पहिला ज्वरो आउँदाखेरि टाउको दुख्यो भनेर आमाको अगाडि गएर धरधरी रून्थेँ, अनि सानु भाइले कति जिस्काउँथ्यो ‘दिदी रोइन’ भनेर। र म हाँसीहाँसी झन् रुन्थें।

त्यसपछि आमाले दुध अनि पाउरोटी किन्न पठाउनु हुन्थ्यो भाइलाई अनि हामी कति झगडा गरिगरि खान्थ्यौं।

यत्तिकैमा तिमीले फोन गर्‍यौ। कमजोर आवाजमा मैले भनेकी थिएँ तिमीलाई, ‘दिनभर ओछ्यानबाट उठ्न सकेकी छैन।' तिमीले एकचोटी इमर्जेन्सी जाऊ त भनेकै थियौ नि र पनि सामान्य ज्वरो आएको होला, मौसमी ज्वरो होला भनेर आश्वस्त पार्न खोजें। ‘सिटामोल खाएर मज्जाले निदाउने अनि  निको हुन्छ जस्तो लाग्यो। अब यति राति बाहिर जाने जागर नि भएन। रातभरमा मलाई  अलि गाह्रै भइरहेको थियो। चिसॊले झन्झन् सताएर घाँटी ठ्याप्पै भएको थियो। लौ! बिहानसम्म त बोल्ने गार्हो भयो मलाई।

यो पनि हेर्नुहोस्-

सम्राइ लगाइरहने जुम्लाका जुम्ल्याहा डाँडा

जुम्लाको एउटा होटेलमा पाइला मात्र के टेकेको थिएँ भेट भयो तीन जना अमेरिकनहरूसँग। साथमा थिए एक नेपाली ठेकेदार पनि। ठेकेदार यस अर्थमा कि क्रिश्चियन धर्म प्रचारका लागि स-सानो पसल थापेका रहेछन् नेपालगञ्जमा तिनले। Details

औषधि खान अनि एक थोपा पानी निल्न नि गार्हो भयो। त्यसमाथि फेरि हेमोग्लोबिनको नि कमी भयो। एक्कासी ढल्ला जस्तो भयो। धन्न कलेजको अस्पताल नजिकै थियो र हत्पति गैहालेँ।

गेटमा तिमी नि आइपुग्यौ अनि मलाई केहि राहत मिल्यो। खोइ कति खेर प्रेशर कम भएर बेहोस भएँ, मलाई याद नै भएन। सायद हिजोदेखि केहि नखाएकीले होला, धेरै नै कमजोर भएर। होश आउँदा त, म  इमरजेसी कोठामा पाएर एकछिन छक्क परेँ। साथमा तिमीलाई नि देखें अनि हत्पति सोधी हालेकी मैले।

म अहिलेसम्म कहिले पनि यसरी बेहोस भएकी थिएन। मलाई बेहोस कसरी हुन्छ होला भन्ने जस्तो लाग्थ्यो।  पहिला आफू काम गर्दा बिरामीहरुलाई बेहोसीको दबाई दिँदा म हेरीरहन्थें कसरी होश गुमाउँछ भनेर।

तिमीले भनिहाल्यौ धेरै होइन १० मिनेट जति भनेर। एकछिन त आफैंलाई लाज लगेर आयो। नाडीमा क्यानेलाबाट सलाइन नि थियो। ओहो! म कति कम्जोर भएकी रहेछु त! यसरी बिरामी भाको यो नै हो पहिलो चोटी हो मेरो जीवनमा।

हरे शिव! के के मात्र देख्नु, भोग्नु परेको होला! मलाई आफ्नो अस्वास्थताप्रति झनक्क रिस उठेर आयो। आफ्नो अस्वस्थताप्रति आफैँलाई दया लाग्यो। जिउको रन्कोले हो या चित्तको फन्कोले, आँशु गुँडुल्किएर आयो। म कति केर्लेस भएकी होला। आफ़्नॊ ख्याल त राम्रोसँग राख्नु पर्थियो मैले।

पढाई अनि जागिरसंगै म यसरी भुलेछु कि, समय बितेको पत्तै पाइन। आखिर केका लागि यसरी दौडिने हो र दुई दिने जिन्दगीमा? के साँची, म समयसँगै चल्न नसकेकी नै हो त जस्तो लाग्यो।

यस्तै सोचहरु थिए मेरो मनमा। एकछिन आँखा चिम्म गरेर लामॊ स्वास फेरेँ। मैले साह्रै एक्लो महसुस गरेँ। मनमा कति धेरै पीडा भए नि कसैलाई भन्न सकिरहेकी थिएन मैले।

भित्रभित्रै गुम्सिरहेकी थिएँ । मानिसको जीवनमा एक्लोपनजस्तो ठूलो सजाय केही रहेनछ! यस्ता अनेकन् कुरा सोच्दासोच्दै कुन बेला भुसुकै निदाएछु, मलाई पत्तो भएन।

यो पनि हेर्नुहोस्- 

ढिलो गरे तर राम्रो गरे 

पारसले राजीनामा दिँदै गर्दा आफ्नो सोशल साइटबाट एउटा सन्देश दिन खोजेका छन्, ‘एउटा नयाँ सुरुवात र प्रतिबद्ध दृष्टिकोणका साथ चिजहरूलाई अगाडि बढाउन नयाँ तरिका चाहिने हुँदा मैले नेपाल क्रिकेट टिमको कप्तान पदबाट राजीनामा दिने निर्णय गरेको छुँ।’ उनको सन्देशले एउटा कुरा स्पष्ट पारेको छ– उनले क्यानको नयाँ नेतृत्वलाई सहज तुल्याउन राजीनामा गरेका हुन्। Details

सलाइनको डोज सकेपछि सपनाबाट ब्यूँझेजस्तो भान भयो मलाई, केही हल्का  भएजस्तो, सायद दबाइले काम गरेछ। तिमी फेरि आउँदा हाँसीहाँसी आयौं। तिमीले त भन्यौ  कति सजिलै कि - ' के हो तिमी त सुटुकै यसरी बिरामी हुने अनि होश गुमाउने?।'

तिमी सायद आतिएका थियौ ,मनमा अनेक थरी कुराहरु खेल्यो होला। भन्न त केहि पनि भनेनौ तर पनि मैले पढीसकेकी थिएँ तिम्रो कुराहरु तिम्रो अनुहार अनि कुराबाट। तिमी झर्केर कुरा गर्दा मलाई कति रुन मन लागेको थियो। थाहा छ मलाई, तिम्रो सेमेस्टरको जांच चलिरहेको थियो।त्यही भएर नै मैले त्यो बेला एक्लै अस्पताल बस्ने निर्णय गरेकी थिएँ एकदिन।

दिनभरी पल्टिँरहदा मेरो मनमा कति धेरै थरि कुराहरु कुस्ती खेल्दै थिए। मेरो जीवन, पढाई, जागिर, अनि गर्नुपर्ने कामहरु! कति पीँडा थियो! त्यो त मलाई मात्र थाहा छ। घरमा फोन गर्दा नि म अहिले कलेजमा छु, पछि कुरा गरौला भनेर फोन राख्दा मेरो मन कति छियाछिया भएको थियो।

रातभरी निदाउन सकेकी थिइनँ। मनमा अनेक थरि कुराहरुले मन कति भारी भएको थियो। मलाई यही बेला महसुस भयो कि समय अनि परिस्थितिसँगै म कति ठूलो भैसकेकी रहेछु कि अब आफ़्नॊ सबै जीवनको निर्णय म एक्लै गर्न सक्ने भैसकेँ, न कि घरमा बाबाआमालाई भन्नुनपर्ने भैसकेकी रहेछु।

भनेर नि के गर्नु र! बेकारमा चिन्ता गरेर आधा ज्यान बनाउनुहुन्छ आमाले फेरि। ह्या! कस्तो कस्तो मोड नि आइपर्दो रहेछ। कोठामा जब बिहान चिया लिएर कोठामा तिमी आउँदा र पर्दा सर्‍याक्क खोल्दा बिहान छ्याङ उज्यालो भएको देखेँ। बाहिर उज्यालो भएको थियो तर मेरो जिउमा उज्यालो छिरेको थिएन।

ज्वरो उस्तै हनहनी आइरहेकै थियो। ग्लुकोज पानी अनि सिटामोल खाएर सुतेँ म कयौं दिनहरु। जहिले नि केहि न  केहि काममा लागि रहने बानी मेरो, अहिले यसरी बस्नुपर्दा सारै दिक्क लागेको थियो। मनमनै कति कुरा खेलाएँ सायद। कति काम त मनमै खेलाएर नि सकाएँ।

चुपचाप नै बितिरहेको थियो दिनहरु र पनि कति व्यस्त थिएँ म। वास्तबमा मौनता सबैभन्दा ठूलो आवाज रहेछ। मन सारै भारी र पनि केहि शब्द बोल्न नपाउनु जतिको हतास नि केहि नहुने रैछ। त्यही बेला मलाई एक जना लेखकले भनेका कुरा याद आयो।

कुनैबेला जब  मैले केहि रमाइलो  किताब पढ्न सोधेकी थिएँ , तब बदलामा मलाई एक जोर आँखा पढ्न आग्रह गरेका थिए। त्यतिबेला मलाई त्यसको सही अर्थ थाहा थिएन। अहिले आएर भान भयो र पठाई दिएँ एक जोर अनिदॊ आँखा पढ्नलाई।

यो पनि हेर्नुहोस्- 

यस्तै हुन्छ आजकल

मेधाको मलिन अनुहार आँखाबाट हट्दैन न त उसलाई फोन गर्न सक्ने आँट नै आउँछ। यस्तै हुन्छ यहाँ आजकल सबैलाई आफ्नै आफ्नै स्वार्थ प्यारो छ। म पनि अरु झैँ मेधाको बारेमा केही छिन भाबुक हुन्छु, आबेगमा आउँछु अनि एकछिन तर्क बितर्क उठाउँछु। अन्त्यमा सबैले झैँ म पनि उनको बेदनालाई भुलेर आफ्नै दुनियाँमा हराउँछु, आफ्नै दिनचर्यामा व्यस्त हुन्छु। यहाँ यस्तै हुन्छ आजकल। Details

अचम्म त के भयो भन्दा, मान्छेले कसरी पढ्न सक्छ जस्तो लागेको थियो, बिना कुनै शब्द, बिना कुनै लेखाई! पढ्ने मान्छेले सायद सबथोक पढ्न सक्ने रैछ, लेखेका अनि नलेखेका पनि। कसरी पढ्छन होला अदृश्य ती आँखाका भाकाहरु! जब मैले आफ्नै आँखाका भावहरू अरुका शब्द अनि हेराईबाट पढेँ, तब आश्चर्यचकित बनेँ।

कति धेरै कुराहरु भनेका मान्छे आफैलाई थाहा नहुने रै’छ। त्यसको लागी त पढ्नुपर्ने रैछ आफैलाई पनि। लाग्यो, पढ्नु भनेको त कहाँ त्यो कोरा कागज किताब मात्र हो र? पढ्नु त सबै सकिने रैछ, मान्छेका आचरण , नियत ,प्रकृती , संसार  अनि सबै ! आफ्नै आँखाभरिका कति धेरै सपनाहरु त अझै पर्खिरहेका हुन्छन पूर्ण हुने आशामा।यसरी बिना कुनै शब्द, बिना कुनै बोलिबाट नि सबै कुरा पोख्न पाउनु नि आनन्दमय हुने रैछ।

अस्पतालमा दिन बिताउनु कम्ता गाह्रो भएको थियो मलाई। घर सम्झेर विरक्त लाग्यो, ‘बिरामी पर्दा त मान्छेको मनले आफन्त नै खोज्दोरहेछ!’चाडैं निको होस भनेर कति कल्पेँ, तर दुखाई कम भए नि मनको पीडा चाहिं झन् बढ्ने रहेछ।

यसरी अनिदॊ रात मैले अहिलेसम्म बिताएकी थिएन घरभन्दा टाढा यसरी। बेलुका चाडैं सुतेर बिहान अबेरसम्म सुत्ने म , अहिले रातभरी दिनभरी निदाउन सकीरहेकी थिएन। युरोप आएदेखिन अहिलेसम्म त्यस्तो दिन थिएन कि म बिहान ६ बजे भन्दा चाडै उठेको होस् , काम पर्दा मात्र हो, अरु बेला त्यस्तो कुनै समय थिएन।

बिहान चाडै उठ्नु मेरो लागि सजाँयजस्तै हो। मास्टर्स पढ्दै गर्दा बरु रातभरी जागा बसेर पढेको याद छ तर बिहान चाडै उठेको कुनै रेकर्ड थिएन। संसारमा सबैभन्दा आनन्दको क्षण बिरामीको सेवा गर्नुरहेछ भनेर पढेकी अनि भोगेकी थिएँ। तर, जब आफूलाई नै ती कुराहरु लागू हुन्छ, तब धेरै गाह्रो हुनेरहेछ।

तिमी बेलाबेलामा आउँदा मलाई आफ़्नॊ ख्याल राम्रोसँग गरेनौ भनेर गालि गरि, झर्केर बोल्दा मलाई सारै रिस उठ्थ्यो। मनमनै लाग्थ्यो , किन आउनु परेको हो र! थोडी न मैले बोलाएकी हूँ र! म आफ़्नॊ ख्याल आफैं राख्न सक्छु भनेर मुखभरीको जवाफ नि फर्काउन मन लाग्थ्यो।

तर चुप थिएँ किनकि मेरो रिस तिमीसँग होइन ताकी म आफैसँग थियो। फेरि जाउलॊ खाएर म कहाँ त्यति बलियो थिएँ र तिमीसँग मुखामुख गर्नलाई। तिमीले कुटौंलाझैं गरेर बोल्दा नि म चुपचाप थिएँ।

त्यतिबेला म आफैंलाई कति एक्लो आभास हुन्थ्यो। अनि लाग्थ्यो ,संसारमा मलाई मात्र माया गर्ने त कोही रहेनछ। न त साथीभाई न त कोही। मान्छेहरु प्रकृतिले नै अलिकति स्वार्थी हुन्छ, त्यसै दिनमिल्ने मुस्कान र सल्लाहसुझाव दिन त मान्छे आनाकानि गर्छ भनें एथार्थमै सहयोगको अपेक्षा गर्नु अकल्पनिय कुरो  थियो।

धेरै माया गर्ने बाबाआमा टाढा हुनु नि सारै नरमाइलो लाग्ने। जब मान्छेहरुलाई साथ चाहिन्छ तब कोहि नहुने रहेछ। त्यतिबेला त आफु मात्र हुने रहेछ आफ़्नॊ लागी।मैले मनमनै आफुलाई बलियो बनाउदै थिएँ ,मेरो धैर्यको बाँध कति चोटी टुट्न खोजे नि मैले कति सम्हालेर राखें। कति पिडा थियो, त्यो त भनेर साध्य नै छैन। आफ़्नॊ मनोबललाई मैले कति स्थिर राखीरहें। धैर्यता सबैभन्दा ठूलो बल रहेछ। केही दिनमै आज्ञाकारी बालिकाजस्तो खुरुखुरु आफैं खान थालेँ। मलाई पनि छिटो निको हुन हतार लाग्न थालेको थियो।

यो पनि हेर्नुहोस् 

डेउडा सम्राटका ती दिनहरू 

तिखाको झल्लरे पीपल चौकी छापन लाग्यो भन्ने भनाइलाई मनन् गर्दा सजिलै अनुमान गर्न सकिन्छ चल्ल्या साईलाई त्यो निकै पुरानो, टाढैबाट टल्किने अग्लोस्थानमा रहेको सुन्दर पीपलको रुखसँग दाजिएको हुनुपर्छ भन्ने । निकै सुन्दर उपमाअलंकारको प्रयोग भएको देखिन्छ कतिपय गीतहरूमा । डोटी जिल्लाको सेती पारिको भूभागलाई चौकी भनिन्छ भने सेती वारिको भूभागलाई पश्ये भनिन्छ । त्यही चौकीका प्रतिनिधि पात्र थिए उनी । डेउडा गीतको दुनियामा एउटा बिम्बकै रुपमा स्थापित भए पछिल्ला दिनमा ।Details

स्वस्थ्य बन्नुछ र जीवनमा अझै केही गर्नुछ भन्ने मनमा खेल्न थाल्यो। म अझैं बढ्नुछ अनि अझ धेरै गर्नुछ  भन्ने कुरा मैले बारम्बार सम्झाईरहेँ आफैलाई। हरेक कुरालाई सकारात्मक सोचले लिने मेरो निर्णय थियो। कस्ता कुरालाई निरन्तरता दिने र कस्तोलाई नदिने भन्ने कुरामा अब त म ढुक्क थिएँ।

बीचबीचमा तिमीले पनि मलाई धेरै हौसला दिन्थ्यौं। अधिकांशतः मानिस मनको बिरामी हुन्छ, शारीरिक बिरामी त कमै हुने हो। जब मनको बिरामी निको हुन थाल्छ, मानिसको तनको अधिकांश बिराम त्यसै निको हुन थाल्दोरहेछ भन्ने कुरा यसैबेला मैले  चाल पाएँ।

सायद जीवन भनेको जस्तो सोच्यो, जस्तो कल्पना गर्‍यो त्यो भन्दा धेरै फरक हुदै जानेरैछ। जीवन समयसँगै भोग्दै जानेरैछ। जीवन यात्रामा विविध तीतामिठा अनुभवहरु संगाल्दै जाने नि रैछ।

कति त्यस्ता नि पल हुन्छन् जसलाई हामीले सपनामा नि कल्पना गरेका हुदैनौं। अनि त क गर्नुनगरूजस्तो हुने! कति अधेरी नि छाउँछ, निस्पट अधेरी! जुन बेला केही हुन्न दिमागमा, बस शून्य हुन्छ सबै अनि जीवनका सबै ढोकाहरु नि बन्द भएको आभास हुन्छ।

एकछिन त त्यही निस्साशिएर  नाजुक  हुदोरैछ। सास फेर्न  सकिनँ कि जस्तो लाग्ने, मुटु रोकिएला जस्तै भान, एक्कासी छातीमा तातो छुरा रोपेझैँ पीडा हुन्छ। त्यो भोग्नेलाई थाहा हुन्छ। त्यति बेला नै शब्दमा कति ताकत हुन्छ जसले मुटु छियाछिया पार्न सक्छ भनी महसुस गरेँ।

आँसुलाई आँखैबाट पिउनु जति पीडा अरु केही हुँदैन, मान्छेका  एक मिठो शब्दले  कति आड मिल्दो रैछ। बन्द आँखाहरु पुलुक्क उघारेर हेर्छु अनि केहि झ्यालहरु अझै खुलै छन् भन्ने लाग्यो। हिड्दाहिड्दै कति  लर्बराएँ, लडेँ, फेरि उठेँ अनि फेरि लडेँ।

कति चोटी त अब उठ्न सक्दिन्नजस्तो पनि भयो।त्यहाँ नि तीनै आत्मीय शब्दहरू गुञ्जे, अनि त्यही भरोसामा सकिनसकी फेरि उठेँ। यस्तै त थियो नि जिन्दगी। ती हरेक शब्दले कति उत्साह मिलेको छ, त्यो त मलाई मात्र थाहा छ।

सबै तिरबाट तितरवितर भएर दोबाटोमै अल्झेर बसेको कुहिराको काग जस्तै थिएँ। कुनै निश्चित गन्तब्यको दिशातिर मोड्दा पनि सफलता नपाउनु कति पीडादायी छ। त्यस्तो बेला अचानकको मनोबलले सारा परिवर्तन गरिदिन सक्नेरैछ ,त्यो त शब्दमा लेख्न सकिरहेकी छैन यतिखेर मैले।

एकपल त लागेको थियो, अब जेजति बाँकी छ , रात असफलता मात्र बाँकि छ। तर म गलत थिएँ। त्यो पल त बस एक छिन् थियो जुन मलाई युगजस्तो लाग्न थालेको थियो। समयसँगै जीवनमा बसन्तको  लहर पनि आउँछ। म भित्रको म सायद अब बिस्तारै जागृत हुँदैछ।

यो पनि हेर्नुहोस् -

त्यो शनिबार कहिल्यै आएन 

हरेक शनिबारले दुखाइरहन्छ। दाइलाई सम्झाइरहन्छ। दाइलाई फोन गर्न मनलाग्छ। तर मेरो ओठबाट प्र्रस्फुटित हुन सक्दैनन् कुनै शब्दहरु। दाइको नाम उच्चारण गरेर डाको छोडी भन्न मन लाग्छ – तमाम शनिबारहरुको बीचमा त्यो शनिबार कहिल्यै आएन दाइ। Details

अनि शुषुप्त रहेका ती सारा रहरहरु नि पंख खोज्दैछन्। हो अब म जीवनमा उडान भर्ना चाहन्छु अनि यायावर गर्न चाहन्छु धेरै धेरै टाढा अनि धेरै माथि, त्यो निलॊ बादलजस्तै शान्त भएर। तिम्रो एक मिलनसारिताले पुनजीवित भए जस्तो! वास्तवमा जीवन कति सुन्दर छ, सारै रंगीचंगी। म तिनै रंगहरुमा रंगीन चाहन्छु।

जीवनका अनगिन्ती खुशीहरु महसुस गर्न चाहन्छु। मभित्र यतिखेर धेरै आत्मबल दिनानुदिन बढ्दै जानु अनि यति धेरै साहस हुनु सायद तिम्रै उत्प्रेरणाले हुनुपर्छ। तिमीले कति कुरामा मलाई साथ दिएका थियौ। थाहा छ, तिमी अलि रुखो छौ तर मनको सफा छौ। मेरो हरेक चालढाल हेरेर मैले के भन्न र गर्न लागेको हो भनेर थाहा पाउँथ्यौं नि तिमीले! तिमीले मेरो मौनता पढ्न सक्थ्यौं।

तिमीलाई रंग हालेर कुरा गर्न आउँदैन, तर मिठो झुट नि बोल्न आउँदैन। जे गरे पनि निस्वार्थ मनले गर्छौ र त तिमीले गालि गरे नि, रुखो बोले नि, मलाई चित्त दुख्दैन। मेरो लागि त तिमी उतिखेरै उतिर्ण भैसकेका छौ एउटा असल, आत्मीय साथीको रूपमा। तिमीलाई थाहा छ, जब तिमीले तिम्रो अन्तिम सेमेस्टरको जाँच हुँदा नि मलाई साथ अनि भरोसा दियौं नि, त्यतिबेला  म कहिल्यै नरूने, कठोर  बोलि भएकी छुची पनि तिमीलाई हेर्दाहेर्दै आँखाबाट तप्प आँशु चुहिएको थियो। वास्तवमा आदर्श सम्बन्ध त्यो हो, जसले बिनाशब्द सबै कुरा थाहा पाउँछ।

मलाई यतिबेला नै महसुस भयो आफ़्नॊ मान्छेको कमि! मान्छेहरुले जति नै प्रगति गरेर सफल भए पनि के नै अर्थ रहन्छ र! अर्थ त तब हुन्छ जब ती ससाना खुशी बाढ्ने कोही प्यारो मान्छे होस्, कोही आत्मीय साथीहरु होस् अनि त्यही खुशी धूमधामले मनाउँन सकियोस्। मलाई यति नै बेला हो, सबैभन्दा धेरै हौसला अनि मायाको खाँचो परेको थियो, जति नै बलियो छु भनेर केही नहुने रहेछ, जब शारीरिक रुप कमजोर हुन्छ, तब मानसिक रुपमा नि कमजोर हुनेरहेछ।

पहिला आफू बाँच्नुपर्‍यो अनि पो अरुलाई बाच्न अनि बचाउन सकिन्छ। यहीँ नै बेला नै हो, मलाई संसारमा सबैभन्दा धेरै माया आफ्नै लागेको! आफूलाई माया गर्न सके पो अरूलाई पनि माया गर्न सकिन्छ! जब आफू नै कमजोर, निरिह अनि निकम्मा छ भने, उसले अरुलाई के नै गर्न सकिन्छ र! मलाई एकाएक आफ्नै माया लागेर आयो। मैले तिमीलाई पनि सोधेकी थिएँ नि, कि तिमीले संसारमा सबैभन्दा बढी माया कसलाई गर्छौ भनेर।

त्यतिबेला तिमीले भन्यौ  कि तिम्रो बाबालाई भनेर , तब मलाई कति डाहा लागेको थियो। अरू आफ्नाहरु त टाढा थिए नै , कमसेकम तिमीले त एउटा मिठो  झुट बोलिदिए नि कति मनोबल मिल्थियो होला मलाई। तिमी झुट बोल्न जान्दैनौं, र बोल्न नि सक्दैनौं, त्यो मलाई थाहा थियो।

मिठो झुट मलाई मन नि पर्दैन भन्ने नि थाहा थियो तिमीलाई। सायद त्यही भएर तिमीले तितो नै भए नि सत्य बोल्यौ। र यहीँ, तिम्रो तितो सत्य मलाई पहिलो पल्ट नमिठो लाग्यो, नराम्रो लाग्यो, अलिकति मनमा नदेखिने गरि बिझ्यो। त्यसपछि झन् मलाई लाग्यो, सबैभन्दा बढी माया अनि भरोसा त आफैंलाई गर्नु पर्दॊरहेछ।

हुन त, जब मान्छेहरूले आफूले सोचेजस्तो पाउँदैन तब मान्छेले एक प्रकारको बितृष्णा जाग्नु त स्वोभाविक नै हो  र पनि मान्छेको काल अनि परिस्थितिमा नि भर पर्ने रहेछ।

यो पनि हेर्नुहोस् - 

बाको लासमाथि खेलेको त्यो पल 

उसो त यो उमेरसम्म आइपुग्दा कथाव्यथाका भारीहरु थुप्रै बोके उनले। स्मृतिको एल्बममा सजाए जिन्दगीरूपी घुम्तीका थुप्रै चित्रहरू। यादको पल्लाभित्र प्रेमिकालाई सम्झाउन गरेका प्रयत्न, धर्मपुत्र पाल्दाको समयका छापहरु, काठमाडौं छोड्दा भएको गाडीभाडाको समस्या र श्रीमतीका गहना बेच्दा झरेका आँसु अनि छोरा गुमाउँदाको पीडा सबैको गह्रुङ्गो भारी लपेटेर एक्लै एक्लै हिँडिरहे उनी। Details

तिमीलाई मित्र मात्र बनाउन होइन, त्यसलाई सही तरिकाले निभाउन नि आउँछ। तिमीले जब मलाई स्पोर्ट्स जुत्ता उपहार दिन्छु भन्दा मलाई धेरै रिस उठेको थियो। तिमीले दिनु नै थियो त, कुर्ता या त झुम्का किन दिन सक्दैनौं जस्तो लाग्यो। तिमीलाई स्पोर्ट्स मन पर्दैमा सबैलाई त्यही मन पर्छ भन्ने हुन्न। तिमीले कहिले मैले लेखेका कविता या गज़ल पढेका छौ! छैन नि, किनकि, तिमी त्यस्तो साहित्यमा रुचि नराख्ने मान्छे अनि म ती स्पोर्ट्समा।

तर, तिमीलाई याद छ, जब कलेजको स्पोर्ट्स हप्ता हुँदा तिमीले फूटबल खेल्दा, म मन नपर्दा नि दर्शक भएर १ घण्टा खेल हेरी बिताएकी थिएँ। तिमी अनि तिम्रो टिमले जितोस् भनेर चॆर गर्न आएकी थिएँ। तिमी सोच त एकछिन, जसलाई विश्वकप चलिरहँदा नि केही न केही भएको मान्छेलाई यसरी तिम्रो मनोबलकै लागि आउँदा कति बोर भयो होला। तिमीलाई गज़ल लेखाउनु या पढ्नु जतिको गार्हो  भनेको मेरो लागि फूटबल हेर्नु हो।

म अलि म्युजिकल अनि साहित्य पढ्न रूचाउने तर तिमी उही वैज्ञानिक कुरामा रूचि राख्ने! त्यही भएर हाम्रो रूचि कैले नि मिल्दैन। म फिलिम हेर्न रुचाउने अनि तिमी खेल हेर्न! म आधुनिक गीत अनि तिमी पपरक गीत सुन्ने! र पनि सोच भन्ने मिल्ने! त्यही भएर नै होला हामी बीच यति मिठो आत्मीयता भएको, यति मिल्ने साथी भएको!

वास्तवमा म अलि त्यस्तै खालकी नै छु। कोही मिलनसार साथी हुने बितिकै अरु कोही नचाहिने जस्तो लाग्छ, साथी पुगे जस्तो लाग्छ।

एकचोटी एक जना साथीले भनेका थिए कि देश छोडेर गएपछि मान्छेहरु किन परिवर्तन हुन्छन भनेर। मैले भनेँ, अरे साथी, जानेहरु होइन, नजानेहरु चाही परिवर्तन हुन्छन्। छोडेर जानेहरु त मनभरी उस्तै अनि उही सम्झना बोकेर गएका हुन्छन, तर जब फर्किन्छन तब सबै अर्कै भैसकेको हुन्छ। त्यस्तै कुरामा अर्को साथीले सोधेको थियो कि देश छोडेर आउँदा साथीहरु रोए कि नाई? भनेर।

मैले भनें - 'नाई, म नि रोइन्न अनि कोही साथीहरू नि रोएनन।' भनेपछि कोहि नि साथी आफ्ना थिएनन! सोचें अनि एकछिन, कठै! बिचरी म! न त मायालुले नै सम्झे, न त साथीभाईहरुले नै! हुन त साथीहरुकै कुरा गर्दा, देशमा हुँदाखेर जहाँ जता गए नि साथीसँगै हिड्ने बानी थियो, जुन यता आउने बितिकै छुटीहाल्दॊ रहेछ। यता साथी त के, पिडा त त्यतिबेला हुन्छ, जब बिरामी हुदा समेत नि एक्लै सहनुपर्छ।

तिमीलाई याद छ कि नाई, जब तिमीले नमिठो दाल अनि भात पकाउँदा नि कति मिठो मानेर खाएकी थिएँ। तरकारीमा पनि नून बेसी थियो, अचार नि थिएन  र नि तिम्रो न्यानॊ आफ़्नॊपन थियो, हो त्यहीँ हार्दिकतालाई सहर्ष स्वीकार गरेकी थिएँ। तर, जब मैले  समर फेस्टमा सलात बनाएकी  थिएँ, तिमी मरिमरि हाँसेर यस्तो नि हुन्छ भनेर गिज्यायौ नि, हो त्यति बेला मलाई त्यही सलातले तिम्रो मुखभरी खन्याई दिउँजस्तो लागेको थियो।

त्यतिबेला तिमी मलाई साथी होइन, जानीदुश्मन भन्दा नि अझ धेरै रिस थियो। अनि बिरामी पर्दा पनि सहानुभूति घोलिएका शब्दहरु भन्दा तिमी रिसका शब्दहरु प्रयोग गर्छौ, त्यतिबेला तिमी नि सारै कपटीजस्तै लाग्छ।। रातभरि परेको झरीले उज्यालो हुँदा पनि विश्राम लिने संकेत नदेखाइरहेको अनि आकाशको सिंगो वृत्तभरि कालो बादल सल्बलाइरहेको थियो र अझ घनघोर वर्षा हुने सम्भावना बढ्दै थियो ओक्तोबरतिर र त्यहीबेला तिमीले फेरि मेरो त्यो गुलाबी, फूल्बुटे छाता हराईदिएका थियौं। तिमीले मेरा हरेक प्यारॊ चिज हराईदिन्छौ र पनि फेरी तिम्रै ठूलो आवाज हुनेगर्छ। तिमीले मलाई त्यसको बदलामा धेरै थोक नि दिएका छौ, एक असल साथीको साथ दिएका छौ, र पनि फेरि मेरो मन बुझ्न सकेका छैनौं। एकाध वर्षयता मेरो दैनिकीमा आमूल परिवर्तन आएको छ।

यो पनि हेर्नुहोस् -

किन भारतले निजगढ एयरपोर्ट बन्न दिन्न? (भिडियोसहित) 

नेपालमा 'एएनर२२५ मारिया, 'बेलिउगा’, 'बेलिउगा एक्सेलु र वोइङ ७४७ ड्रिमलिफ्टरजस्ता प्लेन ल्याण्ड गर्ने र कार्गो ब्यवस्थापन गर्न पुग्ने क्षमताको एयरपोर्ट बनेन भने अहिले समुद्री कार्गोका लागि नेपाल जसरी कलकत्ता बन्दरगाहमा निर्भर छ, अबको एक दशकपछि नेपाल पुर्णरूपमा 'मुम्बई एयरपोर्ट’माथि निर्भर रहनेछ। त्यसैले भारतले 'निजगढ अन्तर्राष्ट्रिय विमानस्थल’ बन्न नदिन सकेको बल लगाउँने छ। Details

संसारलाई, समाजलाई र मान्छेहरुलाई हेर्ने, बुझ्ने तरिका फरक भएको छ। वर्षौंसम्म पनि मलाई जोशिला र प्रेरणादायी साथ दिएका छौं तिमीले। अनेक विम्बजस्तै संसारमा मेरो  जीवन गाथालाई उभ्याउन सक्छु म। तर, अचेल भने तिमी आफैँ पनि परिवर्तित भएका छौं। विगतका काला बादलबाट तिमी  क्रमशः मुक्त हुँदैछौं।

संसारमा आफ़्नॊ आत्माविश्वासले सिर्जित आर्जनभन्दा ठूलो केही हुन्न। विगततिर फर्किन मन नलाग्ने होइन मलाई। फर्किउँ फर्किउँझैं लाग्छ विगततिर, विगतका विशाल झाडीहरूतिर। तर, विगतको ऐनामा आफ्नो रूप, रङ हेर्न मलाई कताकता संकोच लाग्छ, हिनताबोधले नराम्ररी अँठ्याउँछ। अहिले त खण्डित भइसकेको छ, त्यो ऐना पनि, जहाँ म  आफ्नो अनुहार अस्पष्ट, विभाजित र सौन्दर्यहीन मात्रै देख्छु।

यस्तै कुराहरु सोचेर म यथार्थको धरातलमा ओर्लिन पुग्छु कहिलेकाहीँ। अनेकतरंग र कल्पनाशीलताको बाक्लो झाडीमा अल्मलिइरहेका हुन्थे मेरा सपनाहरू। अनि त्यहीबेला हरेक शनिबार शपिङ जाने कुराले मन कति आनन्द! मेरो पहिलो रोजाई टिसर्ट अनि झुम्का हुन्थ्यो। धेरै समय हेर्नुमा भन्दा नि रोझ्नुमा जान्थ्यो। त्यतिबेला नि तिमी रिसाईरिसाई बस्थ्यौं। जीवनमा कति कुराहरु हेर्नुभन्दा रोझ्नुमा दोमन हुन्छ भन्ने कुरा तिमीलाई नि थाहा नभएको होइन। कति कलिला रहरहरु, चाहनाहरु  अनि रंगिन सपनाहरु मान्छेहरुको जीवनमा कतिखेर त्यो सपनाजस्तै आइपुग्छ, पत्तै हुन्न।

मेरो  जीवनको आँखीझ्यालबाट पनि मेरो मनभित्र प्रवेश गरेको थियो, निःसंकोच, बिना स्वीकृति त्यस्तै सपनाहरु, जून रहरहरु पुरा नहुने हो भने जीवनभर दुख्नेछ। कहिलेकाहीँ हठात् रुपमा हुन्छु। र, लामॊ स्वास तानेर केही बेरसम्म सोच्छु तिम्रो बारेमा अनि तिम्रो मित्रता बारेमा।

अहिलेसम्म त सबै  ठीकठाक नै थियो जिन्दगीमा एक्लिएकी थिएन कतैबाट पनि। दुखेको थिएन कतै। भर्खरै मात्र त हो नि तिमीसँग मिलनसारिता बढेको! 

कैलेकाही त आफूले देखेको सपनाप्रति ग्लानीबोध हुन्छ र त्यो सपनालाई घोर रुपले भतर्त्र्सना र खण्डन गर्न मन लाग्छ, ‘थुक्क सपना! कस्तो असम्भव सपना देखेछु। कतै म असम्भब कुरालाई सम्भब गर्न सकुला त? हो, मेरा यस्ता कुराहरु तिमी बुझ्दैनौ र मलाई प्रस्ट तिमीलाई बुझाउन नि मन लाग्दैन। र पनि फेरि तिमी घामभन्दा नि न्यानॊ लाग्छ। सही मित्रतामा साथ अनि भरोसा हुनुका साथसाथै जिबनतता हुनु नि जरूरी छ त्यसलाई सफलीभूत बनाउनलाई।

प्रकाशित मिति: : 2019-10-19 12:04:41

प्रतिकृया दिनुहोस्