डा.मोम विश्वकर्माको नेपालका दलितको प्राज्ञिक शल्यक्रिया

डा.मोम विश्वकर्मा नयाँ पुस्तक 'नेपालमा राजनीतिक परिवर्तन, दलित असमानता तथा सामाजिक न्याय' का साथ । तस्बिर : बीएल

अस्ट्रेलियाको नेपाली डायस्पोराका एक प्राज्ञिक व्यक्तित्व डा.मोम विश्वकर्माको नयाँ पुस्तक 'नेपालमा राजनीतिक परिवर्तन, दलित असमानता तथा सामाजिक न्याय'  बजारमा आएको छ । लण्डनस्थित रट्लेज पब्लिकेशनले प्रकाशित गरेको यो पुस्तक डा. विश्वकर्माको विद्यावारिधिको शोधमा आधारित छ । उनले  सिड्नी विश्वविद्यालयबाट सामाजिक नीतिमा विद्यावारिधि गरेका हुन् ।
पुस्तकका बारेमा हामीले लेखक डा. विश्वकर्मासँग संक्षिप्त पुस्तक वार्ता गरेका थियौं । प्रस्तुत छ, त्यही वार्ताको सम्पादित अंश ।

पुस्तकले के विषयमा जोड दिएको छ ?
पुस्तकमा नेपालमा हजारौं बर्षदेखि चल्दैआएको जातीय विभेद, त्यस्ले दलित समुदायमा पारेको असर तथा राजनीतिक परिवर्तनसंगै देखापरेका केही परिवर्तनहरुको अन्तरसम्बन्धको बारेमा गहिरो विश्लेषण गरिएको छ । यसमा पहिचानको राजनीति, दलित संघर्ष तथा दलित अधिकारका बारेमा समेत विश्लेषण गरिएको छ । यो पुस्तकको प्रमुख उद्धेश्य नेपालमा दलितहरुको सामाजिक न्यायका लागि आवश्यक संस्थागत संरचनाहरु पत्ता लगाउनका लागि सामाजिक, आर्थिक, शैक्षिक तथा राजनैतिक असमानताका कारण तथा प्रकृतिसमेत विश्लेषण गर्नु हो ।

पुस्तकका बारेमा थप केही प्रकाश पार्नु हुन्छ कि ?
पुस्तकमा ६ भाग रहेका छन् । भाग १ मा यस पुस्तकमा उल्लेख गरिएको विषयवस्तुको अनुसन्धान पृष्ठभूमि, नेपालको सामाजिक राजनीतिक अवस्था, दलित पहिचान, अनुसन्धान विधिको बारेमा जानकारी दिइएको छ । भाग २ मा पहिचान तथा पुर्नवितरणसम्बन्धी सामाजिक न्यायको सैद्धान्तिक विश्लेषण गरिएको छ । भाग ३ मा असमानताका स्वरुपहरुको बारेमा उल्लेख गरिएको छ । यसैगरी भाग ४ मा दलित राजनीतिको बारेमा विस्तृत विवरण छ भने भाग ५ मा नेपालको संघियता तथा दलित वहशका बारेमा विश्लेषण रहेको छ।यस पुस्तकको अन्तिम भाग अर्थात् भाग ६ मा अध्ययनको निष्कर्षलाई विस्तृतमा लेखिएको छ ।

 न्यू साउथ वेल्सका प्रिमियरसँग डा. मोम विश्वकर्मा 

पुस्तकको निष्कर्ष के रहेको छ ?
दक्षिण एशियाली राष्ट्रहरुमा जातीय संरचना गहिरो रुपमा रहेको छ । जातीय विभेदले विश्वभरि छरिएर रहेका करिब २६० मिलियन मानिसलाई असर गरेको छ भने दक्षिण एशियामा मात्र करिब १७० मिलियन मानिस प्रभावित छन् । जातीय विभेदका कारण दलित समुदायको मानव अधिकार हनन् भएको छ । जातीय हत्या, हिंशा तथा अन्यायले पराकाष्ठा नाघेको छ । जातीय विभेद दक्षिण एशियाली राष्ट्रका लागि सामाजिक द्धन्दको प्रमुख कारण हुने अध्ययनबाट देखिएको छ । राजनीतिक परिवर्तन भए पनि सामाजिक सांस्कृतिक परिवर्तन नभएका कारण अझै दुई-तीन पुस्ता विभेदको प्रत्यक्ष वा अप्रत्यक्ष शिकार हुने अनुमान गरिएको छ । जातीय विभेदको अन्त्य गर्न समुह पहिचानमा आधारित राजनीति गर्दै जातीय संरचनाको अन्त्य गर्न लाग्नुपर्ने अध्ययनबाट देखिएको छ ।

जातीय विभेद दक्षिण एशियाली राष्ट्रका लागि सामाजिक द्धन्दको प्रमुख कारण हुने अध्ययनबाट देखिएको छ । राजनीतिक परिवर्तन भए पनि सामाजिक सांस्कृतिक परिवर्तन नभएका कारण अझै दुई-तीन पुस्ता विभेदको प्रत्यक्ष वा अप्रत्यक्ष शिकार हुने अनुमान गरिएको छ । जातीय विभेदको अन्त्य गर्न समुह पहिचानमा आधारित राजनीति गर्दै जातीय संरचनाको अन्त्य गर्न लाग्नुपर्ने अध्ययनबाट देखिएको छ ।

पुस्तकका लक्षित पाठकको हुन् ?
यो पुस्तक दक्षिण एशियाको राजनीति, पहिचानको राजनीति तथा एशियन सामाजिक नीतिसम्बन्धी विद्यार्थीहरु, प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ता, नीति निर्माता तथा सर्वसाधरणका लागि विशेष जानकारीमूलक छ । यो पुस्तक जातीय संरचना, असमानता, न्याय तथा राजनीतिक परिवर्तनका बारेमा थप अध्ययन तथा अनुसन्धानका लागि सहयोगी हुने छ ।

पुस्तक कसरी प्राप्त गर्न सकिन्छ ?
यो पुस्तक विश्वका प्रसिद्ध धेरैजसो विश्वविद्यालयका पुस्तकालयमा उपलब्ध छ । ती विश्वविद्यालयमा पढ्ने विद्यार्थी तथा प्राज्ञिक व्यक्तित्वले पुस्तकालयबाट अध्ययन गर्न सक्छन् । अन्यले भने लण्डनस्थित रटलेज पब्लिकेशनको यो अनलाइन लिंकमा  https://www.routledge.com/Political-Transformations-in-Nepal-Dalit-Inequality-and-Social-Justice/Bishwakarma/p/book/9781138354432. गएर किन्न सक्नु हुने छ। अष्टलियामा बुक्टोपियाबाट अनलाइनमा वा पसलमा सिधै किन्न सकिन्छ ।

  नेपाली डायस्पोराका प्राज्ञिक व्यक्तित्वहरूका साथ डा. मोम विश्वकर्मा । 

 

प्रकाशित मिति: : 2019-06-14 09:55:04

प्रतिकृया दिनुहोस्