प्रमाण ऐन संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित

फाइल तस्बिर: बिएल

संघीय संसदको कानुन, न्याय तथा मानअधिकार समितिले प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत पारित गरेको छ।

सिंहदरबारमा सोमबार बसेको बैठकले सामान्य परिमार्जनसहित विधेयक पारित गरेको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए।

बैठकले मुलुकी अपराधसंहिता, देवानी संहिता तथा देवानी कार्य्विधि कार्यान्वयनमा देखिएका आमनागरिकका गुनासो सम्बोधन गर्नेगरी संशोधनका लागि कार्यदल बनाउन र कार्यदलको सुझावअनुसार संशोधन विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन दिएको छ।

बैठकमा सहभागी उपप्रधान एवं कानुनमन्त्री उपेन्द्र यादवले संविधानको मर्म, भावना र अन्तराष्ट्रिय मानवअधिकारका आधारभूत मान्यता प्रतिकूल नहुनेगरी कानुन निर्माण गर्न आग्रह गरेका थिए। त्यस्तै सांसदहरुले कानुन निर्माणमा विदेशी ‘आइएनजीओ’को प्रभाव चुनौती भइरहेको भन्दै कानुनको ‘ड्राफ्ट’ बनाउनेक्रममा सुरुकै चरणदेखि सचेततापूर्वक ध्यान दिन कानुन मन्त्राललको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: : 2019-12-09 16:19:37

प्रतिकृया दिनुहोस्