सलमानको दबंग–३ नागरिकता संसोधन विधेयकको प्रभावमा

२० डिसेम्बरमा रिलिज भएको दबंग–३ ले ८० करोड मात्र कमाई गरेको फिल्मको ब्यापार विश्लेषक तरन आर्दशले बताएका छन्।

बिएल संवाददाता

मुम्बई, पुस ७

भारतीय सिनेमाका दबंग हिरो सलमान खानको बहुप्रतिक्षित फिल्म दबंग–३ पनि सरकारले लागु गर्न लागेको नागरिकता संसोधन विधेयकको प्रभावमा परेको छ। 

बिधेयकको विरोधमा प्रतिपक्षी दलहरू एक भएर लाग्दा भारतको थुप्रै राज्यमा यसको प्रभाव देखिएको थियो। यही बीच तीन दिनअघि दबंग–३ रिलिज गरिएको थियो। 

२० डिसेम्बरमा रिलिज भएको दबंग–३ ले ८० करोड मात्र कमाई गरेको फिल्मको ब्यापार विश्लेषक तरन आर्दशले बताएका छन्। पहिलो दिन २४ दशमलव ५० करोड आम्दानी भएको थियो। दोस्रो दिन ३० करोड हुँदै ८० करोड पुगेको हो। 

हिन्दी फिल्ममा सलमानको करिश्मा हेर्दा अहिले फिल्मले गरेको आम्दानीलाई न्युन मानिएको छ। व्यापार विश्लेषकहरूले फिल्मले विस्तारै लय समाउने बताएका छन्। 
 

प्रकाशित मिति: : 2019-12-24 05:29:46

प्रतिकृया दिनुहोस्