अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
बिएल संवाददाता
एमालेको दशौँ महाधिवेशन सुरु हुँदैछ, कत्तिको उत्साहित हुनुहन्छ ?
विगतका महाधिवेशनभन्दा १०औँ महाधिवेशन गर्दैगर्दा हामी झन् उत्साहित छौँ। नेपालको नयाँ संविधान (०७२) जारी भएपछिको यो पहिलो महाधिवेशन हो। नयाँ संविधानमा एकतिहाई महिला सहभागिताको कुुरा उल्लेख गरिएको छ।
संविधानका आधारमा हामीले ऐन बनाएका छौँ। त्यसमा टेकेर हामीले पहिलो विधान महाधिवेशन पनि सम्पन्न गरिसकेका छौँ। त्यसमा पार्टीका सबै कमिटीमा एकतिहाई महिला सहभागीता सुनिश्चित गर्न पाउँदा हामी खुशी भएका थियौँ।
नवौँ महाधिवेशनबाट निर्वाचित ३० जना महिला केन्द्रीय कमिटीमा सहभागी थियौँ। अहिले एकतिहाई हुँदा ७५ जना हुनेछन्। नयाँ ४५ जना महिला कमरेडहरु केन्द्रीय कमिटीमा आउनुहुन्छ। तसर्थ, हामी खुशी छौँ।
एमालेले यो महाधिवेशनमा एकतिहाईको प्रावधान त पालना गर्न त बाध्य छ तर त्यो अर्थपूर्ण सहभागिता होला त?
अवश्य हुन्छ। हामीले ऐन बनाउँदा संविधानलाई हेछौँ। संविधान र ऐनमा त्यो कुरा सुनिश्चित गरिएको छ। त्यो ऐनमा टेकेर राजनीतिक दलले विधान बनाउँछ। हामीले पनि विधान त्यसैगरी बनाएका छौँ। त्यसैले जसरी पनि त्यो पालना हुन्छ।
एमालेका १५ जना पदाधिकारीमध्ये कुन–कुन पदमा महिला नेतृलाई देख्न पाइएला ?
नवौँ महाधिवेशनमा हामीले दुई जना महिलालाई निर्वाचित गरेका थियौँ। पदाधिकारीमा महिला नदिएको एमालेको कुनै महाधिवेशन छैन। अहिले हामीले जुन १५ सदस्यीय पदाधिकारी चयन गछौँ, त्यसमा पनि महिलाको सहभागिता हुन्छ।
अहिले हामीसँग यसअघिको उपाध्यक्ष अष्टलक्ष्मी शाक्य हुनुहुन्छ। यसपटक नयाँ अनुहारको पनि सहभागीता हुन्छ। विधानअनुसार हाम्रो पार्टीले समावेशीताको कुरामा पनि ध्यान दिनेछ।
पदाधिकारी कुन पदमा भन्ने जुन जिज्ञासा छ, हामी अध्यक्षमा दाबी गर्दैनौँ। केपी शर्मा ओलीलाई अध्यक्षको रुपमा अघि बढाउँछौँ। बाँकी उपाध्यक्षको सन्दर्भमा सम्भवतः पहिलाकै उपाध्यक्षले नै निरन्तरता दिनुहोला।
अरु महिलाले पनि दाबी गर्नुहोला। महासचिवमा हामी दाबी गर्दैैनौँ किनकि ‘अलरेडी’ हाम्रा कमरेडहरु हुनुहुन्छ। नयाँ अनुहार पनि पदाधिकारीमा जानुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यसैले हामीले दाबी गर्ने भनेको सचिवमा हो।
तपाईंको उम्मेदवारी कुन पदमा हुन्छ ?
मेरो उम्मेदवारी सचिव पदमा हुन्छ। यो भनेको मेरो इच्छा होइन, अहिलेको विधानले जे व्यवस्था गरेको छ, त्यसको कार्यन्वयनका लागि मैले उम्मेदवारी दिनपर्छ भनेर मैले नेताहरुलाई पनि बताएकी छु।
यो प्रस्तावसहित अध्यक्षलाई भेट्नुभयो कि भएन ?
भेटेँ। कुराकानी त भइहाल्छ नि !
सकेसम्म सर्वसम्मतिमा पदाधिकारी चयन हुने कुरा छ नि ?
पहिला एक समय हामी फरक–फरक हिसाबले हिँडेका थियौँ। अहिले फरक समूह भनेर हिँडेको अवस्था छैन। नेतृत्व चयन गर्दा सहमतिका आधारमा गरौँ भनेर हामीले भनेका छौँ।
फेरि सहमतिका साथ अघि जाऔँ भनेको महिलालाई बाइपास गरेर जाऔँ भनेको होइन। सहमतिका आधारमा अगाडि बढौँ भनेको महिला पनि समावेश गरौँ भनेका छौँ।
यो महाधिवेशनले कस्तो सन्देश देला ?
हामीले के सन्देश दिएका छौँ भने हाम्रो संविधानमा त्यस मातहत भनेको ऐन र त्यसमा टेकेर बनेको विधानमा जे कुरा बनेको छ त्यसलाई कार्यन्वयन गर्नुपर्छ भन्ने भन्ने सन्देश एमालेले दिन्छ।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया