‘दबंग–३’ले चार दिनमा कमायाे ९० करोड

बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘दबंग–३’ दर्शकमाझ रिलिजमा आएको चारदिन भइसकेको छ । ‘दबंग–३’माथि  सरकारले लागु गर्न लागेको नागरिकता संसोधन विधेयकको प्रभावमा परेसँगै बक्स अफिसमा राम्रो व्यापार गर्न सकेको छैन्। 

फलस्वरुप सलमानको फिल्मले ९० करोडको हाराहारीमा बक्स अफिस कलेक्शन गरेको छ। 

बक्स अफिस इन्डिया डट कमका अनुसार ‘दबंग–३’ले सोमबारका दिन ९ देखि १० करोडको हाराहारीमा कलेक्शन गरेको छ।

अहिलेसम्ममा सलमान खान, किच्चा सुदीप, सोनाक्षी सिन्हा, सई मञ्जरेकर लगाएतको मुख्य भूमिका रहेको यो फिल्मले ८९.१५ करोडको आँकडा पार गरिसकेको छ ।

‘दबंग–३’ले पहिलो दिन (शुक्रबार) २४.५० करोड, शनिबार २४.७५ करोड र आइतबार ३१.९० करोडको व्यापार गरेको छ। हिन्दी फिल्ममा सलमानको करिश्मा हेर्दा अहिले फिल्मले गरेको आम्दानीलाई न्युन मानिएको छ। व्यापार विश्लेषकहरूले फिल्मले विस्तारै लय समाउने बताएका छन्। 

प्रकाशित मिति: : 2019-12-25 03:15:29

प्रतिकृया दिनुहोस्