फिल्म समीक्षा

खाली पेट मृत्युवरण गर्न बाध्य गरिब नेपालीको कथा, ‘बिहानीमै अस्ताएको सूर्य’

नेपाली सिनेमाको प्रसँग चल्दा सरोज खनालको नाम छुट्यो भने त्यो कलाकार खनालप्रति अन्याय त हुने नै छ, नेपाली सिनेमाको इतिहासको समीक्षा पनि अधुरो नै रहनेछ। 

अभिनयमा आफ्नो मानक बनाएका खनाललाई सञ्चार माध्यमले भने सँधै अन्याय गरेका छन्। वास्तवमा उनको अभिनयको राम्रो–नराम्रो पक्ष र कलाकारिताको यात्रामा विचार बिमर्श हुनुपर्ने हो। नेपाली मिडियाले उनी अमेरिका गएको, नेपाल फर्केको, घर बनाएको, उनको छोराले अमेरिकी सेनामा जागीर खाएको जस्ता नितान्त निजी कुरा मात्र उछाल्ने गरेको छ।उनलाई सँधै देश छोडेर अमेरिका गएको भनेर खेदो खन्ने काम मात्र भएको छ।

खनाल कलाकार हुनुभन्दा पहिले नेपाली नागरिक पनि हुन्। उनी आफ्नो उन्नत भविष्यको लागि अरु नेपालीसरह संसारको कुनै पनि देशमा गएर बस्न सक्छन् र कानुनको परिधिभित्र रहेर आफ्नो रुची अनुसारको खाना खाने र अन्य क्रियाकलाप गर्न सक्छन्। जहाँसम्म कलाकारको दायित्वको कुरा छ, मेरो विचारमा कलाकारको कुनै दायित्व–फायित्व हुँदैन। यो फगत एउटा पेशा मात्र हो।कुनै डाक्टर, इन्जिनियर र शिक्षक अरु देशमा गएर बस्न हुने तर कलाकार जान नहुने भन्नु मुर्खता मात्र हो।वास्तवमा जनताप्रतिदायित्व राजनीतिज्ञ र सरकारी कर्मचारीको मात्र हुन्छ, जो दुवै वर्ग नराम्रोसँग भ्रष्ट र बेइमान छ।



नायक सरोज खनालको निर्देशनमा बनेको एउटा सन्देशमूलक लघु सिनेमा

पहिलो फिल्ममै आफ्नो क्षमता प्रदर्शन गर्न सफल निर्देशक जेकब चेज



यसअघि सन्देशमुलक लघु सिनेमा ‘छाउपिडा’ को निर्देशन गरिसकेका कलाकार खनालले फेरि त्यस्तै सन्देशमुलक लघु सिनेमा ‘बिहानीमै अस्ताएको सूर्य’ को निर्देशन गरेका छन्। कवि सुरज काफ्लेको त्यही नामबाट रचित कवितामा आधारित यो लघु सिनेमा कोरोना महामारीको कारण भएको लकडाउनको समयमा खान नपाएर भोकै हुँदा भारी बोक्ने नाम्लोसहित कीर्तिपुरको ढुंगामा प्राण त्यागेका सूर्यबहादुर तामाङ्गको काल्पनिक कथामा आधारित छ।

निर्देशक खनाल र मृतक तामाङ्गको चरित्रमा अभिनय गर्ने सुनिल पोखरेलको बारेमा कुनै खोट लगाउने ठाउँ छैन। अन्य सहायक कलाकार पनि आ–आफ्नो ठाउँमा सामान्य छन्।



बाल मन–मस्तिष्कलाई आकर्षित गर्न सक्ने सिनेमा ‘वि क्यान बि हिरोज’

मनोरन्जनात्मक कार्टून ‘टम एण्ड जेरी–द मुबी २०२१’



लकडाउनकै बीचमा कीर्तिपुरमा तामाङ्ग भारी बोक्ने नाम्लोसहित मृत अवस्थामा भेटिएका थिए। तामाङ्गले भारी बोक्न नपाएपछि खाली पेटमृत्युवरण गर्न बाध्य हुनुपर्यो। सिनेमाले मृत्युअघिउनको कठिन दैनिकीलाई चित्रण गर्ने प्रयास गरेको छ। कति सुर्यबहादुर तामाङ्गको नियति यस्तै भयो, त्यो सायद राज्य संयन्त्रलाई कुनै जानकारी छैन होला।



युट्युबरकै कारण बदनाम हुँदै गएको युट्युब

यसरी टुट्यो मेरो नेपाली ‘सलिम–जावेद’ बन्ने सपना



युट्युबमा निस्शुल्क हेर्न पाइने यो लघु सिनेमा एकपटक सबैले हेर्न जरुरी छ। हाम्रो समाजको तल्लो तह र तप्का कस्तो कस्तो कठिनाई झेल्न बाध्य छ र उनीहरुको जीवन कतिको ह्रदय विदारक छ, त्यो सिनेमाले उजागर गर्ने प्रयास गरेको छ। आजको  वर्तमान अवस्थामा उद्देश्यपूर्ण र सन्देशमुलक सिनेमा बनाउने कलाकार तथा निर्देशक खनाल लगायत सम्पूर्ण टिम धन्यबादका पात्र छन्। यो सिनेमा हेर्न लायक बनेको छ।

प्रकाशित मिति: : 2021-02-12 08:37:00

प्रतिकृया दिनुहोस्

    Thank you very much.

    • 3 बर्ष अगाडि
    • Saroj Khanal