गुल्मीमा ७२ वर्षीय वृद्धको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ

 गुल्मीमा ७२ वर्षीय वृद्धको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्।

चन्द्रकोट गाउँपालिका वडा नम्बर–७ देउराली निवासी ७२ वर्षीय देबीराम भण्डारीको हत्यामा संलग्न रहेको आरोपमा सोही गाउँपालिका–८ बस्ने २० वर्षीय सन्तोष घर्ती पक्राउ परेका हुन्। भण्डारी गत पुस ५ गते आफनै गोठमा मृत अवस्थामा फेला परेका थिए।

अनुसन्धानको क्रममा भण्डारीको हत्यामा घर्ती संलग्न रहेको देखिएकाले उनलाई पक्राउ गरिएको पंहरीले बताएको छ। 

पक्राउ परेका घर्तीलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक घलेले बताए।

प्रकाशित मिति: : 2019-12-25 05:51:32

प्रतिकृया दिनुहोस्