बिएल नेपाली दिनभर

प्रहरीले पक्राउ गर्‍याे, श्रीमान जमानी बसेर छुटाए, नेताहरूको विरोध, पूर्वन्यायाधीशको प्रशंसा

कमल प्रभात

काठमाडाै‌ं

बिहीबार प्रहरीले नेकपा प्रचण्ड समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गरेको ग-याे।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई शंखमुलस्थित आफ्नै निवासबाटै पक्राउ ग-याे।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विरोध गर्दै आएकी नेत्री झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिविरुद्ध बोलेकी थिइन्। लगतै, गृह मन्त्रालयको निर्देशनमा प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलायो। तर, झाँक्रीले विनापूर्जी नजाने अडान लिएपछि महाशाखाले प्रक्राउ पूर्जी सहित उनकै निवासमा पुगेर अन्ततः पक्राउ ग-याे।

गत बुधवार नेकपा ओली समूहको अखिल नेपाल महिला संघले नेत्री उनलाई कारबाहीको माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र बुझाएको थियो। 

नेत्री झाँक्री प्रक्राउको विरोधमा समर्थक नेता–कार्यकर्ताले दिनभर जसो नै आन्दोलन गरे। नेकपा (प्रचण्ड)ले रिहाइको माग गर्दै विज्ञप्ती निकाल्यो। कार्यकर्ताले माइतीघर मण्डलादेखि नयाँ बनेश्वरसम्म नाराबाजीसहित -र्याली गरे। 

झाँक्री प्रहरी नियन्त्रणमा पुगेपछि नेकपा (प्रचण्ड), नेपाली कांग्रेसका नेताहरू, मानवअधिकारकर्मी र पूर्वन्याधिशले सरकारी कदमको चर्को विरोध गरे। 



ओली सरकार अत्तालिएर रामकुमारीलाई पक्राउ ग-यो: युवा नेता नरेन्द्र न्यौपाने 

रिहा भइन् रामकुमारी झाँक्री, भन्छिन्: हामीहरु जित्दै छौं



नेकपा प्रचण्ड समूहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई बरजस्ती पक्राउको प्रति तीब्र आलोचना गरे। सरकारले कम्युनिस्ट पार्टीप्रति हमला गरेको आरोप लगाए। वरिष्ठ नेता माधवकुमार नेपालले कुनै पनि मान्छे आलोचना भन्दामाथि हुन नसक्ने बताए।



प्रधानमन्त्रीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरियोः प्रचण्ड

रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न प्रचण्ड–माधवको माग



सोही पार्टीका प्रवक्ता नारायकाजी श्रेष्ठ र स्थायी समिति सदस्य योगेश भट्टराई नेत्री झाँक्री रिहाइको माग गर्दै महानगरीय अपराध महाशाखा पुगे। 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्री झाँक्रीलाई पक्राउ गरी सरकारले अधिनायकवादी चरित्र उदांगो पारेको बताए।

केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले सत्य बोल्ने मुखमा सरकारले त्रास देखाउन खोजेको आरोप लगाए।
 
सोही पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तनका साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई आग्रह गरे। 

नेकपा (प्रचण्ड) नेता भीम रावलले राष्ट्रपति वा प्रधानमन्त्री जस्ता पदाधिकारीको असंवैधानिक र गलत कामको लोकतन्त्रमा आलोचना गर्न पाइने दाबी गरे।

नेत्री झाँक्रीकै प्रंसगमा राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले ओली नेतृत्वको सरकार आत्तिएर गैरसंवैधानिक गिरफ्तारीमा उत्रिएको बताइन्।

सर्वोच्च अदालतका पूर्वन्याधीश गिरीशचन्द्र लालले राज्यविरुद्धको अपराधमा पक्राउ परेकी नेत्री झाँक्रीको प्रशंसा गरे। उनले भने ‘आज रामकुमारी झाँक्री पक्राउ परेपछि पुनः प्रमाणित भएको छ कि नेपाली महिलाहरू अग्रपंक्तिमा रहेर जनताको पक्षमा संघर्ष गर्न सक्षम छन्। सलाम रामकुमारी।’

झाँक्रीलाई अपराध महाशाखाले करिब ५ घण्टा राखी सोधपुछ गरेपछि श्रीमान पशुपति पुरीको जमानीमा छोडिएको हो। दिउँसो प्रक्राउ पर्नुअघि आफु कानुनको पालक भएको बताएकी थिइन्। उनले रिहाइपछि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको बताइन्। जाँदाजाँदै भनिन्, 'हामीहरूले जित्दैछौं।'

प्रकाशित मिति: : 2021-02-11 21:27:00

प्रतिकृया दिनुहोस्