मोगादिसुमा कार बम विस्फोट, २० भन्दा बढीको मृत्यु

रासस

मोगादिसु
तस्बिर : एजेन्सी

कार बम विस्फोटनमा परी सोमालियामा २० भन्दा बढीको मृत्यु भएको छ। सोमालियाको राजधानी मोगादिसुमा शनिबार भएको घटनामा अरु केही घाइते पनि भएको अधिकारीहरुले जनाएका छन्।

प्रहरी र प्रत्यक्षदर्शीहरुले दिएको जानकारी अनुसार विस्फोटनको आवाज निकै ठूलो सुनिएको थियो। विस्फोटनपछि स्थानीय बासिन्दा त्रसित भएका थिए।

“भयङ्कर विस्फोटन भएको थियो, २० जनाभन्दा बढीको मृत्यु भइसकेको पुष्टी भएको छ, अरु धेरै घाइते भएका छन्,” एक जना प्रहरी अधिकृत इब्राहिम मोहम्मदले भने।

उनले घाइतेहरु मध्ये केहीको अवस्था गभ्मीर रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने बताए। “मैले २२ ओटा शव त गनेको थिए, ती सवै जना सर्वसाधारण हुन्, अरु ३० भन्दा बढी घाइते भएका छन्,” घटनाको प्रत्यक्षदर्शी एक स्थानीयबासी अहमद मोहलिम वार्सामले भने।

उनले निकै ठूलो दुःखद घटना भएको भन्दै आज शनिबारको दिनलाई कालो दिनको संज्ञा पनि दिए। 

 

प्रकाशित मिति: : 2019-12-29 04:30:37

प्रतिकृया दिनुहोस्