मनको कुरा गरौं
बिएल संवाददाता
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणलगायत अभियुक्तलाई थप तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
उनीहरु सबैलाई अझै तीन हिरातसतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई बुधबार जिल्ला अदालत काठमाडाैँले अनुमति दिएकाे अदालतका सूचना अधिकारी दीपक दाहालले जानकरी दिएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो। यद्यपि, प्रहरीले भने अनुसन्धान नसकिएकाे भन्दै थप तीन दिन माग गरेकाे हाे।
याे प्रकरणमा रायमाझी, खाँणसहित पूर्व गृहसचिव टेकनारायण पाण्डे, एमाले नेता रामबहादुर थापा (बादल)का सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायत गरी १४ जना आराेपित पक्राउ परेका छन्।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया