रूपन्देहीबाट १५ केजी चरेससहित दुईजना पक्राउ

रूपन्देहीको तिलोत्तमा नगरपालिका–३ जानकीनगरबाट १५ केजी किलो चरेस सहित २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गुल्मीको रेसुंगा नगरपालिका ८ का पदम थापा र संजय राउत रहेका छन्।

प्रदेश ५ प्रहरीको विषेश टोली र इलाका प्रहरी कार्यालय बुटवलको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले बताए।

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2020-01-06 11:36:25

प्रतिकृया दिनुहोस्