‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
तिहारको पहिलो दिन आज काग तिहार मनाइँदैछ।
धार्मिक मान्यता अनुसार यमराजको सन्देश वाहकको रुपमा मानिएको कागलाई यमदूतकै रुपमा लिई पूजा अर्चना गरेर चोखो खानेकुरा दिने गरिन्छ।
अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा खाइदिने कागलाई कागलाई सन्देश प्रवाहक प्राणीको रुपमा लिइन्छ। काग कराउँदा सन्देश दिएकाे प्रचलन नेपाली समाजमा अझै पनि कायम नै छ।
यस दिन कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइने र खानेकुरा दिएर कागलाई प्रशन्न गराए यमदण्डरुपी संकटबाट मूक्ति हुने धार्मिक मान्यता छ। त्यसैले काग तिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ।
यस दिनमा विहानैदेखि कागको पूजा गरिन्छ, घरबाहिर पात या दुना टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ।
कागको पूजाआजा गर्दै आँउदो वर्षभरि कागले आफ्नो घरआगनमा राम्रो र सुखद खबरमात्रै ल्याओस भनेर कामना गरिन्छ। र, वर्षभरि आफ्नो घरमा दुःखद सन्देश ल्याँउदैन भन्ने विश्वास रहेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया