सलमानको 'दबंग ३' ले २१ दिनमा कमायो १५६ करोड भारु

बिएल संवाददाता

काठमाडाै‌ं

सलमान खानको 'दबंग ३' ले २१ दिनमा गरेको १५६ करोड भारुको कमाइ गरेको छ। 

फ्रान्चाइज भएकाले 'दबंग ३'ले धेरै कमाइ गर्ने अनुमान गरिएको थियो तर रिलिजपछि सिनेमालाई दर्शक र समीक्षक दुबैले सोचेअनुरुप नरुचाएपछि आशातित कमाइ गर्न सकेन।

सिनेमा करिब सय करोड भारूमा तयार भएको बताइन्छ।

'दबंग ३'ले रिलिजको पहिलो दिन २४.५० करोड भारू कमाइ गरेको थियो।

'दबंग ३' लाई प्रभुदेवाले निर्देशन गरेका हुन्। सलमान बाहेक सोनाक्षी सिन्हा र अरबाज खान पनि यस फिल्ममा महत्वपूर्ण भूमिकामा देखिएका छन्।

यस फिल्मबाट अभिनेता महेश मांजरेकरकी छोरी साई पनि बलिउडमा डव्यू गरेकी छन्। उनी यस फिल्ममा सलमान खानको चरित्र चुलबुल पाण्डेको प्रेमिकाको रूपमा देखा परेकी छिन्। 

प्रकाशित मिति: : 2020-01-10 23:53:12

प्रतिकृया दिनुहोस्