विवादका कारण ‘छपाक’ को पहिलो दिनको कमाईं निरासाजनक

व्यापार विश्लेषक तरण आदर्शका अनुसार ‘छपाक’ को पहिलो दिनको कमाईं ४ करोड ७७ लाखमा मात्र अड्किएको छ। 

एजेन्सी

मुम्बई

विवादका बीच बलिउड अभिनेत्री दीपिका पादुकोण र विक्रान्त मेसी अभिनित फिल्म ‘छपाक’ प्रभावित भएको छ। फिल्मको पहिलो दिनको कमाईं निकै न्युन देखिएको छ। फिल्म रिलिज अगाडि विधार्थी आन्दोलनलाई समर्थन गर्न दिल्लीस्थित जवहारलाल नेहरु विश्वविधालय (जेएनयू) पुगेकी दीपिकाले यसको नकरात्मक प्रतिक्रिया पाएकी छिन्। 

व्यापार विश्लेषक तरण आदर्शका अनुसार ‘छपाक’ को पहिलो दिनको कमाईं ४ करोड ७७ लाखमा मात्र अड्किएको छ। 

तर, फिल्म निर्देशकले अघिल्लो सातासम्म कमाईं राम्रो हुने आशा गरेका छन्। ‘छपाक’ देशभित्र १७ सय र विदेशमा ४ सय ६० पर्दामा रिलिज भएको छ। समाचार एजेन्सीका अनुसार यसको एचडी प्रिन्ट अनलाइनबाट लिक भएका कारण पनि कमाईंमा असर परेको बताइएको छ।

अनलाइन ह्याकर्स तमिलरकर्सले लिक गरेका थिए। 
 

प्रकाशित मिति: : 2020-01-12 05:02:48

प्रतिकृया दिनुहोस्