नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
बिएल संवाददाता
आउँदो स्थानीय तहको निर्वाचनका उम्मेदवारहरू यतिबेला मतदाताको घरदैलोमा पुगेका छन्। नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता–कार्यकर्ताहरू निर्वाचन केन्द्रीत कार्यक्रमसँगै गाउँगाउँमा छिरिसकेका छन्।
पार्टीका उम्मेदवारसँगै स्वतन्त्र पनि मतदाता भेट्ने अभियानलाई तीव्रता पारिरहेका छन्।
गंगादेव गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका चुडामणी वली ‘आदर्श’ प्रचारप्रसारमा केन्द्रीत छन्। उनले घरदैलो अभियानमा नयाँ शैली देखाइरहेका छन्।
सभा–समारोह सकेर उनी गहुँवारीमै पुगेर मतदातासँग भोट माग्छन्। जहाँ मतदाता छन्, उनी युवा र किसानसँगै त्यहीँ भेटिन्छन्। कृषि, स्कूल, अस्पताल, खानेपानी, बाटो–घाटो, पुल–पुलेसा, मठ–मन्दिरको चर्चा गर्छन्।
'चुनाव चिन्ह'बिनै मतदाताकाे घरदैलोमा पुगेका छन्। गंगादेवका मतदातासँग राय मागिरहेका छन्, उनी।
उनी गहुँवारी हाेस् वा चिया–चाैतारीतिर एक्लै छैनन्। चुनावी प्रचारमा माओवादी केन्द्रका कतिपय जिम्मेवार नेता–कार्यकर्ता पनि उनीसँगै देखिन्छन्। र, गाउँतिर प्रचार अभियानमा भेटिन्छन्, ‘एमाले–कांग्रेस’का कार्यकर्ता।
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया