नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
बिएल संवाददाता
आउँदो स्थानीय तहको निर्वाचनका उम्मेदवारहरू यतिबेला मतदाताको घरदैलोमा पुगेका छन्। नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता–कार्यकर्ताहरू निर्वाचन केन्द्रीत कार्यक्रमसँगै गाउँगाउँमा छिरिसकेका छन्।
पार्टीका उम्मेदवारसँगै स्वतन्त्र पनि मतदाता भेट्ने अभियानलाई तीव्रता पारिरहेका छन्।
गंगादेव गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका चुडामणी वली ‘आदर्श’ प्रचारप्रसारमा केन्द्रीत छन्। उनले घरदैलो अभियानमा नयाँ शैली देखाइरहेका छन्।
सभा–समारोह सकेर उनी गहुँवारीमै पुगेर मतदातासँग भोट माग्छन्। जहाँ मतदाता छन्, उनी युवा र किसानसँगै त्यहीँ भेटिन्छन्। कृषि, स्कूल, अस्पताल, खानेपानी, बाटो–घाटो, पुल–पुलेसा, मठ–मन्दिरको चर्चा गर्छन्।
'चुनाव चिन्ह'बिनै मतदाताकाे घरदैलोमा पुगेका छन्। गंगादेवका मतदातासँग राय मागिरहेका छन्, उनी।
उनी गहुँवारी हाेस् वा चिया–चाैतारीतिर एक्लै छैनन्। चुनावी प्रचारमा माओवादी केन्द्रका कतिपय जिम्मेवार नेता–कार्यकर्ता पनि उनीसँगै देखिन्छन्। र, गाउँतिर प्रचार अभियानमा भेटिन्छन्, ‘एमाले–कांग्रेस’का कार्यकर्ता।
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
म भिखारी
प्रकाश र रिमा : दलितका नाममा नयाँ ‘तरमारा’
अमेरिकाको पहिलो निशानामा १,३५६ नेपाली
दिनेशको मृत्यु : पत्रकारको कि बालेनको चुनाव क्याम्पेनरको ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया