स्टोनिसको नटआउट १४७ रनमा मेलबर्नले दियो सिड्नीलाई २२० रनको लक्ष्य

एजेन्सी

काठमाडौं

नेपाली लेग स्पिनर सन्दीप लामिछानेसम्मिलित मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा सिड्नी सिक्सर्सलाई जितका लागि २ सय २० रनको लक्ष्य दिएको छ ।

मेलबर्नमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा मात्र १ विकेट गुमाएर २ सय १९ रन बनायो ।

उसका लागि मार्कुस स्टोनिसले अविजित रहदै १ सय ४७ रनको शतकीय इनिङ्स खेले। यस्तै हिल्टन क्याटराइटले ५९ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। उनी २० औं ओभरको पहिलो बलमा टम कुरनको बलमा जोर्डन सिल्कबाट समातिए। त्यसपछि आएका कप्तान ग्लेन म्याक्सवेलले २ बलमा ५ रन जोडे।

सिड्नीका टम करनले एक विकेट लिए ।

सिड्नीविरुद्धको खेलमा सन्दीप प्लेईङ सेटमा परेका छन्। यस सिजन सन्दीपले ७ खेलमा ८ विकेट हात पारिसकेका छन् ।

शीर्ष स्थानमा रहेको मेलबर्न आज आठौं जितको खोजीमा छ । मेलबर्नले जारी लिगमा ८ खेलमा ७ जितसहित १४ अंक जोडेको शीर्ष स्थानमा रहेको छ। समान खेल खेलेको सिड्नी १२ अंकसहित दोस्रो स्थानमा छ।

सिड्नी ८ खेलमा ६ जितसहित १२ अंक जोडेर मेलबर्नलाई पछ्याईरहेको छ।

यदि आज सिड्नीले घरेलु टोलीलाई हराए शीर्ष स्थानको अंक बराबर गर्नेछ।

प्रकाशित मिति: : 2020-01-13 04:22:57

प्रतिकृया दिनुहोस्