विराट कोहली कप्तानको भूमिकामा सबैभन्दा बढी रन बनाउने भारतीय कप्तान बन्न सफल भएका छन्।
विराट कोहली कप्तानको भूमिकामा सबैभन्दा बढी रन बनाउने भारतीय कप्तान बन्न सफल भएका छन्। उनले तीन वटै फरम्याटमा भारतका लागि सबैभन्दा बढी रन कप्तानको रुपमा बनाएका छन्।
उनले पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई पछाडि छोडेका हुन्। अस्ट्रेलियाविरूद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा उनले बेङ्लुरुको एम चिन्नास्वामी रंगशालामा ८९ रन बनाएका थिए। विराटले कप्तानको रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा ११ हजार २ सय ८ रन बनाएका छन्। उनले तेस्रो एकदिवसीयमा ९१ बलमा ८ चौकाको सहयोगले ८९ रन बनाएका थिए। भारतले तेस्रो एकदिवसीय ७ विकेटले जित्दै शृंखला २–१ ले आफ्नो कब्जामा पारेको थियो।
विराटको स्ट्राइकरेट ९७ दशमलव ८० छ। धोनीले कप्तानको रुपमा ११ हजार २ सय ७ रन बनाएका थिए। तेस्रो नम्बरमा मोहम्मद अजहरुद्धिनको नाम छ। अजहरुद्धिनले ८ हजार ९५ रन बनाएका थिए। चौथो नम्बरमा रहेका सौरभ गागुलीले ७ हजार ६ सय ४३ रन बनाएका थिए।
विराट कप्तानको रुपमा एकदिवसीयमा छिटो ५ हजार रन पुरा गर्ने ब्याट्सम्यान पन बन्न सफल भएका छन्। उनले एबी डीभिलियर्स, रिकी पोन्टिङ र धोनीलाई पछाडि छोडेका हुन्। विराटले ८८ इनिङमा ५ हजार रन पुरा गरेका हुन्।