५ हजार रुपैयाँ घुससहित प्रहरी जवान पक्राउ

सिराहाबाट एक जना प्रहरी जवान घुससहित पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादव ५ हजार रुपैयाँ घुससहित बुधबार बिहानपक्राउ परेका हुन्।

प्रहरी जवान यादवले भारतीय बजारबाट भन्सार छलेर सामान ल्याउन सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ।

यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। यादवलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति: : 2020-01-23 01:59:39

प्रतिकृया दिनुहोस्