बिएल संवाददाता
मधेश प्रदेशका ६ मन्त्रीले राजीनामा दिने भएका छन्।
मधेश प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिन लागेका हुन्।
माओवादीबाट अर्थमा भरतप्रसाद साह, पर्यटनमा समीर भट्टराई, एकीकृत समाजवादीबाट गोविन्द न्यौपाने कृषि, बेचि लुङ्गेली श्रम तथा यातायात मन्त्री छन्।
यस्तै नेपाल संघीय समाजवादी पार्टीबाट गृहमन्त्री रहेकी विमला अन्सारी र नागरिक उन्मुक्तिबाट श्रम तथा यातायात मन्त्री रहेकी उर्मिला देवी सिंह चौधरीले पनि राजीनामा दिन लागेका छन्।
केन्द्रमा कांग्रेस र एमालेबीच सरकार बनाउने सहमति भएपछि त्यसको असर प्रदेशमा देखिएको हो। कांग्रेस र एमालेबीच मधेश प्रदेश सरकारको नेतृत्व मधेश केन्द्रित दललाई दिने सहमति भएका मधेश प्रदेशमा जनमत पार्टीकै नेतृत्वको सरकार रहने देखिएको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
प्रतिक्रिया