कटरिनाको बिहेको रहस्य खुल्यो!

कटरिनाको बिहेमा अमिताभ र जयाबाहेक दक्षिण भारतका केही स्टार कलाकार सम्मलित थिए। सोशल मिडियामा पनि कटरिना आगोमा घुमेको भिडियो सार्वजनिक भएको थियो। तर, बिहीबार सार्वजनिक फोटो र भिडियो केटरिनाको निजी जीवनको हिस्सा नभई सुटिङ भएको रहस्य खुलेको छ।

बिहीबार मात्र बलिउड नायिका कटरिना कैफको बिहेको फोटो भाइरल भएको थियो। उनको यो फोटो हेरेर लाखौं युवाको मन पनि कुडिएको थियो। फोटोमा कटरिनाको कन्यादान बलिउडका महानायक अमिताभ बच्चन र उनको श्रीमति जयाले गरिरहेको भाइलर भएको थियो। 

कटरिनाको बिहेमा अमिताभ र जयाबाहेक दक्षिण भारतका केही स्टार कलाकार सम्मलित थिए। सोशल मिडियामा पनि कटरिना आगोमा घुमेको भिडियो सार्वजनिक भएको थियो। तर, बिहीबार सार्वजनिक फोटो र भिडियो केटरिनाको निजी जीवनको हिस्सा नभई सुटिङ भएको रहस्य खुलेको छ। उनले एउटा विज्ञापनका लागि सुटिङ गरेको शुक्रबार खुल्न आएको छ। विज्ञापन ज्वेलरीको भएको बताइएको छ। 

कटरिनाको बिहेको फोटो देखेर उनलाई मन पराउने थुप्रै युवाले मुटु जलेको प्रतिक्रिया दिएका थिए।  
 

प्रकाशित मिति: : 2020-01-25 05:00:38

प्रतिकृया दिनुहोस्