कराेना भाइरस चीन बाहेक १८ देशका ९८ जनामा स‌ंक्रमित

 विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा बसेको आपतकालिन बैठकले कोरोना भाइरसको संक्रमणका कारण विश्व स्वास्थ्यमा खतराकाे अवस्था सिर्जना भएकाे भन्दै आपतकालिन अवस्थाको घोषणा गरेको छ। विश्व स्वास्थ्य संगठन प्रमुख डा. टेड्रोस अडनोमले स्वास्थ्यमा आपतकालको घोषणाको ट्वीट गर्दै चीनमा के भएको छ भन्ने कारणले नभई अरु देशमा के भइरहेको छ भन्ने हिसाबले निर्णय भएकाे बताए। 

चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसले चीनमा २१३ जनाको ज्यान गइसकेको छ भने ७ हजार ७ सय ११ जना संक्रमित भएको पुष्टि भइसकेकाे छ। तिब्र गतिमा संसारभरि फैलिएको यो भाइरस समाचार तयार पार्दासम्म १८ देशका ९८ जनामा देखा परिसकेकाे छ। यस अघि संगठनले ०१४ र ०१९ मा इबोलाको महामारी हुँदा, ०१६ मा जिका भाइरस फैलिदा, ०१४ मा पोलियो र ००९मा स्वाइनफ्लूको महामारी हुँदा पनि आपतकालिन स्वास्थ्य स्थितिको घोषणा गरेको थियो। 

आपतकाल घोषणा गर्नुका कारण प्रष्ट पार्दै जनस्वास्थ्यमा आपतकालीन अन्तर्राष्ट्रिय सरोकारले कोरोना भाइरसलाई फैलिन नदिन सम्बन्धित देशको सहकार्यमा प्रविधि मैत्री र दक्ष जनशक्तिको बलियो समूह बनाएर चीन भित्र र बाहिर काम गर्नुपर्ने सुझाव विश्व स्वास्थ्य संगठनले दिएको छ। 

आपतकालीन घोषणापछि संगठनले कोरोना भाइरसको रोकथामको निम्ति उपलब्ध हुन सक्ने औषधी सम्बन्धी अनुसन्धान गरिरहेका वैज्ञानिक, महामारी क्षेत्रमा अनुभवी जनशक्ति लगायत सबै सरोकारवालासँग समन्वय गरेर काम शुरु गरिसकेको छ।


 

प्रकाशित मिति: : 2020-02-01 13:06:57

प्रतिकृया दिनुहोस्