प्रदेश २ ट्राफिक प्रहरीले मेटायाे सवारी साहित्य

प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले सवारी साधनमा लेखिएकाे साहित्य मेटाएकाे छ। सवारी दुर्घटनाको दर बढेको भन्दै ट्राफिक प्रहरीले अनावश्यक रुपमा लेखिएकाे साहित्य सामग्री मेटाएको हो।

साना तथा ठूला सवारीसाधन अगाडीको शिशामा राखिएको अनावश्यक रुपमा लेखिएकाे सवारी साहित्य मेटाएकाे प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख श्याम कुमार महतोले बताए। ‘हामीले सवारी साहित्य मात्रै होइन अरु कुरा पनि हटाएका छौं।’ उनले भने ‘सवारीमा लगाइएको पोष्टर, शायरी, झालर, लिड लाइटबत्ती र कपडाको चुनरी पनि हटाइएको छ।’

माघ १६ र १७ गते दुई दिन पथलैया चेक पोष्टमा दुर्घटना न्यूनिकरण सम्बन्धि गरिएको छड्के चेकिङ्गमा साना ठूलागरी एक हजार ७३ वटा सवारीबाट दुर्घटना निम्तयाउने त्यस्ता सामग्रीहरु हटाइएको उनले जानकारी दिए। 

यता अस्थायी ट्राफिक प्रहरी कार्यालय कलैयाले २७ वटा गाडीबाट अनावश्यक समान हटाएको प्रहरी नायब निरीक्षक सुरेश प्रसाद यादवले बताए। दैनिक हुने गरेको सवारी दुर्घटनाबाट दिनहुँ दुई, तीन जनाको ज्यान जान थालेपछि यो अभियान प्रदेश २ मा शुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-02-02 10:12:01

प्रतिकृया दिनुहोस्