न्युजिल्याण्डविरुद्धको टी–२० सिरिजमा भारतकाे क्लिन स्विप

बिएल संवाददाता

काठमाडाै‌ं

भारतले घरेलु टाेलि न्युजिल्याण्डविरुद्धको पाँचौं खेलको टी–२० सिरिज क्लिन स्विप गरेको छ।

आइतबार भएको पाँचौं तथा अन्तिम खेलमा ७ रनको जित निकाल्दै भारतले सिरिज ५–० ले जित्दै क्लिन स्विप गरेको हो।

भारतले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन बनायो।

न्युजिल्याण्डका लागि रोस टेलरले ५३ रनको योगदान दिए। उनले ४७ बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गरेका थिए। यता टिम सिफर्टले ३० बलमा ५ चौका र ३ छक्का प्रहार गरे। उनले ५० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै इश सोधीले अविजित १६ रन र कोलिन मुन्रोले १५ रन बनाए।

भारतका लागि जस्प्रित बुम्राले ३ तथा नाभ्दिप सैनी र शार्दुल ठाकुरले समान २/२ विकेट लिए।

यसअघि टस जिटेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो। उसका लागि कप्तान रोहित शर्माले ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका रोहित रिटायर्ड हर्ट भए। उनी ६० रनको अर्धशतकीय इनिङ खेले 

यस्तै लोकेस राहुलले ४५ रन बनाउँदा श्रेयस आयरले अविजित ३३ रन बनाए।

 न्युजिल्याण्डका स्कट कुग्लिजिन र हामीस बेन्निटले समान १/१ विकेट लिए।

अब भारतले घरेलु टिमसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ।

प्रकाशित मिति: : 2020-02-03 05:26:33

प्रतिकृया दिनुहोस्