मुस्ताङमा तेस्रो पटक स्की प्रतियोगिता

बिएल संवाददाता

ठिनी (मुस्ताङ),

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१  मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्की च्याम्पीयनसिप २०२० यहि माघ १८ देखि हुने भएको छ । नेपाल स्की संघद्धारा आयोजना गरिएको प्रतियोगिताको फाइनल सोमबार हुने संघका अध्यक्ष हालका सांसद रहेका जीवनराम श्रेष्ठले बताए।

स्की प्रतियोगिताले नेपाललाई विश्वमा चिनाउन सकिने, यस्ता सहासी खेलहको माध्यमले भ्रमण वर्ष २०२० मा हिमाली क्षेत्रहरुको पर्यटन प्रबद्धनमा मदत पुग्ने अफ सिजनमा खेल प्रर्यटन मार्फत नाफा र हिउँदे खेलमा विकास गराउनुको साथै यस खेलबाट गाउँपालिका , प्रदेश सरकार र केन्द्र सरकारको ध्यान आकर्षण गराउने अध्यक्ष सासंद श्रेष्ठले बताए।

स्की हिउँमा खेलिने खेल हो । मुस्ताङमा दोस्रो पटक आयोजना गरिएको प्रतियोगिताले स्की खेलले मुस्ताङको बेमौसमी व्यपारको घाटा आपुर्ति गरीने साथै खेल पर्यटनमा सहयोग पुग्ने मुक्तिनाथका पर्यटन व्यवासायी सुरज गुरुङले बताए।

नेपाल स्की संघको आयोजनामा गत वर्ष मुस्ताङ्ग जिल्लाको मुक्तिनाथमा सफल दोस्रो स्की प्रतियोगिता स्नोबोडिङ्ग स्की र अल्पाईन स्की बिधामा प्रतिस्पर्धा गर्न १५ जना महिला र १६ जना पुरुष खेलाडीलाई प्रतियोगिता भाग लिएको थियो।

यस वर्ष प्रतियोगितामा स्नोबोडिङ्ग स्की ,अल्पाईन स्की र क्रस कन्ट्रिमा स्की प्रतियोगिता राखिने तथा युवाहरुलाई तालिम दिने नेपाल स्की संघका महासचिव विजय श्रेष्ठले बताए । 

स्की तथा स्नो बोर्डिङलाई नेपालमा लोकप्रिय खेलका रूपमा विकास गर्दै अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थिति कायम गर्न यस प्रकारको तालीमले सहयोग पुग्ने श्रेष्ठको दाबी छ ।

नेपालको ईतिहासमा स्की प्रतियोगिता गराएको हाल सम्म तीन वर्ष रहेको छ । दुई वर्ष अगाडि रसुवाको लाङटाङमा ,गत वर्ष मुक्तिनाथमा र यसपालि पनि मुक्तिनाथमा गराउन लागेको हो ।

खेलको लागि उपयुक्त स्थान मुक्तिनाथ क्षेत्र भएको कारणले मुक्तिनाथ र मुस्ताङ्गका विभिन्न सम्भावित क्षेत्रको अध्ययन गरि गाउँपालिका र नेपाल सरकार सँग समन्वय गरि उक्त स्थानहरुलाई स्की स्पोर्टसको रुपमा विकास गरिने आयोजकले बताए । 

आवश्यक पुर्वाधार बिस्तार गर्न सक्ने हो भने मुस्ताङ्गमा स्की खेलको सम्भावना अत्यन्तै राम्रो माननीय प्रतिनिधि सभा सदस्य मुस्ताङ्गको प्रेम प्रसाद तुलाचनले बताउनु भयो । हाल सम्म कृषि र पर्यटनले चिनिएको मुस्ताङ्ग अब खेलले पनि चिनिने तुलाचनले बताए ।

प्रकाशित मिति: : 2020-02-03 08:09:12

प्रतिकृया दिनुहोस्