माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
बिएल संवाददाता
आइसीसी विश्वकप लिग- २ को अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत आज (बिहीबार) नेपालले पपुवा न्युगिनी (पिएनजी)सँग प्रतिस्पर्धा गर्दैछ। खेल काठमाडौँको कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ।
आइसीसी विश्वकप लिग- २ को याे अन्तिम त्रिकोणात्मक सिरिज हाे। नेपाल पिएनजीलाई पराजित गर्दै एकदिवसीय मान्यताकाे लागि र विश्वकप छनाेटकाे लागि अझै नजिक पुग्न चाहन्छ।
विश्वकप लिग– २ को शीर्ष तीनभित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने छ। त्यसैले नेपालले आजकाे प्रतिस्पर्धामा जित निकाल्नु अतिआवश्यक छ।
नेपालले यसअघि भएका दुई खेलमा पिएनजीलाई लगातार पराजित गरेकाे थियाे।
यस त्रिकोणात्मक सिरिजमा नेपालले युएई र पिएनजीसँग समान २-२ खेल खेल्नेछ।
नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकसहित पाँचै स्थानमा छ। नेपालले आजबाट सुरु हुने प्रतियोगिताको सबै खेल जितेमा ३६ खेलबाट ४० अंक बनाउनेछ। जुन नजिताले नेपाल शीर्ष तीनमा रहँदै सिधैं विश्वकप छनोट खेल्न पाउनेछ।
त्यस्तै एकदिवसीय मान्यता कायम राख्नकाे लागि पनि नेपालले चारमध्ये दुई खेल अनिवार्य जित्नुपर्नेछ।
अंक तालिकामा नेपालभन्दा अगाडि स्कटल्याण्ड, ओमान, नामिबिया र अमेरिका छन। नेपालले घरेलु मैदानमा हुने चारवटै खेल जितेमा अमेरिका र नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिनेछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया