महाअभियोगबाट बचे ट्रम्प: पाए कम्तीमा एक वर्षलाई अभयदान

अमेरिकी राष्ट्रपति ट्रम्प महाअभियोगबाट बचेका छन्। अमेरिकी कंग्रसेको तल्लो सदन हाउस अफ रिपेरेजेन्टेटिभ्सले लगाएको महाअभियोग माथिल्लो सदन सिनेटको दुईतिहाइ बहुमतले स्वीकृत नगर्दा उनी महाअभियोगबाट बचेका हुन्। 

एक सय सदस्यीय सिनेटमा ५३ रिपब्लिकन र डेमोक्रेटलाई समर्थन गर्ने दुई निर्दलीयसहित ४७ विपक्षी सांसद छन्। सामान्य बहुमतको अंकगणित पनि राष्ट्रपति ट्रम्पकै पक्षमा भएकाले उनीमाथि ६७ मतको दुई तिहाइ बहुमतले महाअभियोग पास हुने सम्भावना छँदै थिएन। नभन्दै त्यस्तै भयो। तर, अमेरिकाको इतिहासमा पहिलोपटक "अब्युज अफ पावर" (शक्तिको दुरुपयोग) गरेको अभियोगमा भने उनकै पार्टीका सिनेटर मिट रोम्नीले मतदान गरेर नयाँ इतहिास बनाइ दिए। अर्को अभियोग कंग्रेसमाथिको हस्तक्षेपमा भने उनले पनि ट्रम्पलाई बेनिफिट अफ डाउट नै दिए।

मतदान हुँदा पहिलो प्रस्ताव शक्तिको दुरुपयोगमा ४८ का विरूद्ध ५२ मत भयो भने कंग्रेसमाथिको हस्तक्षेपमा भने ४७ का विरूद्ध ५३ मत नै भयो । दुबै प्रस्तावको पक्षमा ६७ मत नपुगेकाले दुबै प्रस्ताव सिनेटबाट अस्वीकृत भए। 

यो सँगै ट्रम्प महाअभियोगबाट बचेका तेस्रो अमेरिकी राष्ट्रपति भएका छन्। तर, यो बचाइबाट ट्रम्पले महाअभियोगको कालो दागबाट भने छुट्कारा पाएका छैनन्। इतिहासको यो कालो दाग भने जति नै रातो रंगले पोत्न खोेजे पनि पोतिनेवाला छैन। हो, महाअभियोगबाट बचेर उनी तत्कालका लागि विजयी भएका छन्।

पहिलो कार्यकालको अन्तिम वर्षमा गुज्रिरहेका उनलाई कम्तिमा पनि यो एक वर्षका लागि अभयदान मिलेको छ। अर्को वर्ष के हुने हो ? त्यो भने अहिले नै भन्न सकिने अवस्था छैन।

पहिलो कार्यकालको अन्तिम वर्षमा गुज्रिरहेका उनलाई कम्तिमा पनि यो एक वर्षका लागि अभयदान मिलेको छ। अर्को वर्ष के हुने हो ? त्यो भने अहिले नै भन्न सकिने अवस्था छैन।

केहीले महाअभियोग अस्वीकृत भएपछि  दोस्रो कार्यकालका लागि उनको जीत सहज भएको बताएका छन् भने केहीले उनको हारको ढोका खुलेको प्रक्षेपण गरेका छन्। यसमा अमेरिकी जनमत जति विभाजित छ, अहिले नै यसै हुन्छ भनेर प्रक्षेपण गर्ने बेला भएको छ ।

यसै त राजनीतिमा रात रहे अग्राख पलाउँछ भनिन्छ, अमेरिकामा २०२० को नोभेम्बर ३ को रात आउँनुअघि अझै धेरै रात मात्र हैन, दिन पनि बाँकि छन्। त्यसैले अहिले नै कसैले पनि केही भन्न सकिने अवस्था छैन। 

यद्यपि, आआफ्नो आस्था, विश्वास, सोच र कोणको आधारमा ट्रम्पको हार या जीतको सत्य बनाउने छुट सबैलाई छ। त्यो सत्य नोभेम्बर ३ मा अमेरिकी जनताको कसीमा घोटिएपछि मात्र तथ्यमा परिणत हुन्छ। त्यो तथ्य भनेको या त ट्रम्पको जीत या हार हो, त्यसका लागि भने समयको प्रतीक्षा गर्नुको विकल्प छैन। 

 

 

 

प्रकाशित मिति: : 2020-02-06 16:55:56

प्रतिकृया दिनुहोस्