भारतमा विराटको ब्रान्डकाे मूल्य उच्च, अक्षय कुमार दोस्रो स्थानमा

एजेन्सी

नयाँ दिल्ली

पछिल्लो एक वर्षमा बलिउड स्टार अक्ष्य कुमारको ब्रान्डको मूल्य ५५ दशमलव ३ प्रतिशतले बढेको छ। बुधबार जारी भएको ग्लोबल एडभाइजरी फर्म ‘डफ एन्ड फेल्प्स’ ले सार्वजनिक गरेको सूचिमा अक्षय दोस्रो स्थानमा छन्। उनको ब्रान्डको मूल्य १ सय ४ मिलियन डलर अर्थात ७ सय ४४ करोड भारतीय रुपैयाँ रहेको छ। पहिलो स्थानमा भारतीय क्रिकेट कप्तान विराट कोहली छन्। उनको ब्रान्ड मूल्य २ सय ३७ मिलियढन डलर अर्थात १६ सय ९१ करोड रुपैयाँ रहेको छ। 

बलिउड नायिका दीपिका पादुकोणको ब्रान्ड मूल्य भने यसपालि एक स्थान तल खस्किएको छ। गत वर्ष उनी दोस्रो स्थानमा थिइन। यसपालि तेस्रो स्थानमा झरेकी छिन्। उनको श्रीमान रणवीर सिंह चौथोमा छन्। यी दुबैको ब्रान्ड मूल्य ९३ दशमलव ५ मिलियन डलर अर्थात ६ सय ६५ करोड पुगेको छ। 

शाहरुख खान ५ र सलमान खान ६ स्थानमा छन्। अमिताभ बच्चन ८ र आमिर खान १६ स्थानमा छन्। 

भारतको टप–२० ब्रान्ड मूल्य
विराट कोहली १६९१ (करोडमा)
अक्षय कुमार (७४४)
दीपिका पादुकोण (६६५)
रणवीर सिंह (६६५)
शाहरुख खान (४७०)
सलमान खान (३९७)
आलिया भट्ट (३२६)
अमिताभ बच्चन (३००)
महेन्द्रसिंह धोनी (२९३)
आयुष्मान खुराना (२८७)
ऋतिक रोशन (२७७)
वरुण धवन (२५१)
प्रियंका चोपडा (२३०)
रनवीर कपुर (१९३)
सचिन तेन्दुलकर (१७९)
आमिर खान (१७८)
टाइगर श्राफ (१७२)
अनुष्का शर्मा (१७०)
करिना कपुर (१६९)
रोहित शर्मा (१६४)
 

प्रकाशित मिति: : 2020-02-08 11:19:42

प्रतिकृया दिनुहोस्