नेपाली कनेक्सन

'मेराे एउटा साथी छ, ऊ असाध्यै प्रिय लाग्छ'

हाेमनाथ न्याैपाने

बैंकक, थाइल्यान्ड
Breaknlinks
Breaknlinks

वर्षाैअघिको कुरा हो, जब म म्यान्मार–भारत सीमा क्षेत्रको एउटा कम्पनीमा काम गर्थे। त्यहाँ चिनजानका अनेकाैं इष्टमित्र र थुप्रै साथी–भाइ थिए। ती मध्ये एकजना असाध्यै निकट र प्रिय साथीसँग भेट्ने माैका मिल्याे।

साथीसँग बिताएका ती पल र सम्झनाका यादहरू आज पनि झन् ताजा भइरहेको महसुस गर्छु– म। त्यो बेला हामीहरूसँग न टिकटक, न फेसबुक, न त मोबाइल नै थियो। थियाे त– केवल एउटा मीठाे मित्रता।

गाउँकाे जनजीवन सारै रमाइलो। जब हामी कम्पनीको ड्युटी सकेर बेलुकीपख सँगै घर फर्किन्थ्याैं– खाना खाइसकेपछि अर्काे साथीको घरमा भेला हुने गर्थ्यौ। एकआपसमा कथा–कहानी सुन्थ्याैं। जीवन भोगाइका अनुभवहरू बाँड्र्दै हाँसो र खुसीमा मस्त रमाउथ्याैं। हामीबीच कुनै प्रकारको स्वार्थ थिएन, न त कुनै रिस–डाहा नै। आहा! याे समय क्या रमाइलाे थियाे। साच्चिकै रमाइलाे थियाे।

तर, समय फेरियाे। सपनाहरू फेरिए। हामीहरू नै फेरियाैं। रमाइलो पल धेरैदिन टिक्न सकेन। बाध्यताले भनौं वा समयको हुरी।

म जन्मभूमि म्यान्मारकाे कचिन राज्यस्थित मिचिना तर्फ फर्कनुपर्यो। मिचिनाको काम–व्यवसाय पनि सोचेजस्तो नहुँदा माता–पितालाई कुनै सुइँकाे नदिइ सुटुक्क थाइल्यान्डतिर लागेँ।

दिन राम्रै रहेछन्। थाइल्यान्ड बसाइँ सुन्दर छ। मनकाे इच्छा पूरा भएकै छन्। घर–परिवार खुसीका साथ रमाइहरेका छन्। 

स्मरण गर्छु– म्यान्मार–थाइल्यान्ड यात्राकाे क्रममा खासै दुःख–कष्ट भाेग्नु परेन। प्रिय भाइ–बहिनीको सहयोगले कुशलतापूर्वक थाइल्यान्ड आइपुगेँ। यात्रा हाे, तीता–मीठा पल त भइहाल्छन् नी!

रहरलाग्दाे सहर, जताततै मन्दिर, थाई खाना, थाई संस्कृति, समुन्द्री तट देख्दा थाइल्यान्ड पनि म्यान्मार जस्तै–जस्तै लाग्याे। रमझम साँझ। स्वतन्त्र संसार। गाेजीमा पैसा हुनुपर्छ जे पनि पाइन्छ– बैंककमा।

चाेक–गल्लीमा भेटिने छाेटा–छाेटा कपडाले बेरिएका थाइ युवती। खाइलाग्दाे शरीर। वाह! उग्र राजकुमारीहरू, भाे तिनीहरूकाे कुरै नगराैँ। मानाैं– बैकंकमा हराउन चारैतिर घुम्नु पर्दैन, अनेक रंगका युवतीहरू हेरे मात्रै पुग्छ।

त्याे बेला चिटिक्क परेकाे जिउडाल देखेर यस्ताे लाग्थ्याे– हैट! उहिल्यै आइपुग्नु पर्ने रहेछ, ढिला गरेछु। जेहोस्– भगवानकाे कलाकारिता न होला! हृदयदेखि नै हजुरलाई मनमन नमन। जय भाग्य विधाता।

थाइल्यान्डको बसाइँ झन्–झन् रंगीन र राेचक बन्दै थियाे। एकदिनकाे कुरा हाे– म बिहान सबेरै उठेँ। एउटा मनोरञ्जन कार्यक्रममा जान तयार परेँ। नुहाई–धुवाई गरी नास्ता खाएँ अनि कार्यक्रमतिर लागेँ।

०००

हतार–हतार कार्यक्रमस्थलमा पुगेँ। नाच–गान सुरू हुनै लागेकाे थियाे। तयार पारिएको सीटमा थचक्क बसेँ। अनि कार्यक्रम पनि सुरू भयो।

एउटा व्यक्ति हातमा माइक समातेर मञ्चतिर आउँदै गरेको देखेँ। उसलाई देखेर छक्क परेँ। हँ...!  ऊ त मेरो प्रिय साथी हाेइन र? त्यो म्यान्मार–भारत सीमा क्षेत्रकाे कम्पनीमा एकताका सँगसँगै थियाैं। हो– त्यै साथी हो! उसको त्यो बोल्ने शैली। त्यो जिउडाल। त्यो स्टाइल। हो! मेरै प्रिय साथी हो।

हामीहरू छुट्टिएकाे वर्षाै भएछ– झण्डै १२, १३ वर्ष। ऊ निकै फेरिए छ। हुनत म पनि फेरिएँ। साथीले कार्यक्रमको उद्‌घोषकको कार्यभार लिएको रहेछ। ऊ मञ्चमा उभिएर एकाेहाेराे बाेलिरह्याे। तर के–के भन्यो मलाई थाहा छैन। साथीलाई देखेर मनमनै रमेँ। विगत सम्झेँ– सँगसँगै काम गरेकाे स्मरण गरेँ। सुख–दुःख याद गरेँ। म उहिँ ठाउँमा पुगेँ, जहाँ हामीहरूको अन्तिम विछोड भएकाे थियाे।

०००

मेरो साथी एकदमै उत्साहित थियाे। जोस र उमङ्गको तालमा माइक समातेर हाउभाउमा मस्किरह्याे। मैले हेरिरहेँ। हात हल्लाउँदै बोलिरह्याे, ऊ। कार्यक्रम विसर्जनपछि सबैजना आ–आफ्नाे बाटाे लागे। कतिपय खानाका लागि भान्साघरतिर गए। म पनि उतै लागेँ।

हिँड्दै थेँ– अघिअघि अर्काे मान्छे हिँडिरहेकाे पनि देखेँ। अरे... ऊ मेरै साथी थियाे। पछ्याउँदै हिँडिरहेँ।

सामुन्ने पुगेर सम्बोधन गरेँ– 'नमस्कार साथी।'

साथीले जवाफ दियो– 'नमस्कार।'

मैले साेधेँ– 'मलाई चिन्नुभयाे? के त एकपालि सँगसँगै बसेकाे?'

ऊ बाेल्न खाेजेन। अर्थात् मेराे प्रिय साथी मलाई देखेर तर्कियाे। छेउछाउ थुप्रै नातेदार भाइहरू थिए। म्यान्मारबाट थाइ सहरमा काम खाेज्दै आएका उनीहरू मजस्तै निर्दाेष देखिन्थे। तर उनीहरूकै अघि मेराे साथीले मलाई नै चिन्दिनँ भनिदियाे।

तर, उसका निर्दाेष आँखा बाेल्थें– भनिरहेका थिए, त्याे तेरै साथी हाे। जहाँ थुप्रै समय सँगै बसेर एउटा कम्पनीमा काम गरेका थियाैं।

आँखाले चिने पनि उसले चिन्न सकेन। भन्याे– 'तपाईसँग मेरो भेट भाएकै छैन।'

त्यसपछि मैले भने– 'ए... माफि चाहेँ है। गल्ती भएछ।' अनि ऊ आफ्नाे बाटाे लाग्याे। म पनि हिँडे अन्तैतिर।

हाेइन! मै पो झुक्किए कि क्या हो। साेचिरहेँ। उसलाई हेरिरहेँ। ऊ सबैसँग हात मिलाउँदै, अँगालो मार्दै, नमस्कार गर्दै, हाँसी–खुसी मस्तसँग रमाइरह्याे। यता मेराे मन भारी भयाे। मेराे एउटा साथी वर्षाैपछि भेटियाे तर मलाई नै चिनेन। मानौ– ऊ बैंककमा हाइहाइ भइसकेको रहेछ।

लगतै मैले एक–दुई जना साथीलाई सोध्दा झन् ढुक्क भएँ, उ त्यहिँ ठाउँबाट आएको रहेछ। उसको नाम ... नै रहेछ। जहाँ उसलाई त्यहि नाउ नै चिन्छु। मैले मन–मनै भनेः ठीकै छ, साथी तिमी तिम्रै दुनियाँलाई रमाइ राख्। अबदेखि तिम्रो छेउछाउ मेराे साथी भनेर म कहिल्यै पनि आउदिनँ।

पुरानाे साथीलाई मैले साथी भनेँ। तर गल्ती गरेकै छुइनँ। भाे! अब मेराे साथी भनेर कसैलाई चिनाउदिनँ। र, सुनाउँदिन पनि। तर, तिमी मेरो प्रिय साथी नै हौं। म तिमीलाई कहिल्यै भुल्न सक्दिनँ। तिमी अभावकाे साथी हाैं। तिमी संकटकाे साथी हाैं। तिमी त्याे विरानाे बस्तीकाे प्रिय साथी हाैं।

साथीको अर्थ के हो, त्यो मैले राम्रोसँग बुझेको छु। अझै पनि ऊसँग कहिलेकहीँ भेट हुन्छ। मलाई देख्ने बित्तिकै मेरो साथी मलाई नदेखे झैँ गरी भाग्छ। ऊ ठूलाे मान्छे भइसक्याे। मसँग बाेल्न रूचि देखाउँदेन। देख्याे कि दाैडिन थाल्छ।

ऊ थाइल्यान्डकाे थप प्रगतिले मातिएकाे छ। नयाँ–नयाँ साथी छन्। विगत बिर्सिसकेकाे छ। तर ऊ जतिकै क्रूर भएता पनि उसकाे मन शान्त छ। काेमल छ। दृश्य निर्दाेष छ। किनकि ऊ मेराे साथी हाे। उसकाे मनकाे कुना–कुना छामेकाे छु। मलाई राम्राेसित पत्ताे छ।

तर, प्रिय साथी! तँ मलाई अबुझ पनि नसोच। मैले तेराे बाटाे कहिल्यै छेक्दिनँ। बरू बाटाेका काँडाहरू पन्छाइदिनेछु। तेराे व्यवहार र बोली निकै माथि पुगेकाे छ। तँ नबाेले पनि म खुशी छु। मेराे धेरै–धेरै शुभकामना छ। 

बैंककमा एउटा साथी छ। ऊ मलाई चिन्दैन। तर 'मेराे एउटा साथी छ, ऊ असाध्यै प्रिय छ।'

प्रकाशित मिति: : 2022-06-25 20:38:00

प्रतिकृया दिनुहोस्