नेपाललाई दोस्रो झड्का, कप्तान मल्ल आउट

काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस हारेर पहिले ब्याटिङमा आएको नेपालले खराव सुरुवात गरेको छ। नेपालले दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको छ।

मल्ल २१ रनमा आउट भए।

यसअघि नेपालले आफ्नो सुवास खकुरेललाई ३ रनमा गुमाएको थियो।

अहिले कृजमा दीपेन्द्रसिंह एेरी र पारस खड्का छन्।

प्रकाशित मिति: : 2020-02-08 23:25:07

प्रतिकृया दिनुहोस्