नेपालकाे पाँचौ विकेट गयाे, आरिफ २ रनमा समेटिए

काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस हारेर पहिले ब्याटिङमा आएको नेपालले खराव सुरुवात गरेको छ। नेपालले पाँचौ विकेट गुमाएको छ। नेपालले आरिफ शेषलाई व्यक्तिगत २ रनमा गुमाएको हो। १६ बलमा २ रन बनाएका शेष २० औं ओभरको पाँचौ बलमा सौरभ नेट्रावाल्करको बलमा आउट भए।

यसअघि चौथौ विकेटको रुपमा पारस खड्कालाई गुमाएको थियो।

पारस १७ औं ओभरको अन्तिम बलमा आउट भएका हुन्। उनले ५२ बलमा २ चौका प्रहार गर्दै १९ बनाए। उनी क्यामरोन स्टेभेन्सनले फ्याँलेको बलमा आउट भएका थिए।

यस अघि नेपालले उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो। ऐरी २ बल खेल्दै शून्य रनमा आउट भएका थिए। उनी कप्तान सौरभ नेट्रावाल्करको बलमा जेभिएर मार्शलको हातबाट आउट भए।

यता दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो। मल्ल १३ औं ओभरको पाँचौ बलमा क्यामरोन स्टेभेन्सनले आउट बनाएका थिए। मल्ल  स्टेभेन टेलरको हातबाट क्याच आउट भए। मल्लले विकेट गुमाउनु अघि ३९ बलमा ४ चौका प्रहार गर्दै २१ रन बनाएका थिए।

त्यस्तै नेपालले सुवास खकुरेललाई ३ रनमा गुमाएको थियो। तेस्रो ओभरको पहिलो बलमा रस्टी थेरनले गरेको बलिङमा मोनाङक पटेलको हातबाट क्याच आउट भएका थिए।

अहिले विनोद भण्डारी र कुशाल मल्ल  क्रिजमा छन्। 

नेपालले २१ ओभरको समाप्पतिमा ५५ रनमा छ।

प्रकाशित मिति: : 2020-02-08 23:58:42

प्रतिकृया दिनुहोस्