काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दोस्रो खेलमा घरेलु टोली नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै १ सय ९० रन बनायो। १ सय ९१ रनको योगफल पाएको अमेरिकाले ४ विकेट गुमाएको छ।
नेपालका लागि सन्दीप लामिछाने १ र करण केसीले २ विकेट लिएका हुन्।
नेपालका लागि सन्दीपले पहिलो विकेट लिएका थिए। उनले दोस्रो ओभरको चौथो बलमा एरोन जोन्सलाई ५ रनमै एलबीडब्ल्यू मार्फत आउट गराए।
त्यसपछि करण केसीले दोस्रो ओभरको चौथो बलमा स्टेभन टेलरलाई दीपेन्द्रसिंह ऐरीमार्फत क्याच गराए। उनले नै ओभरको अन्तिम बलमा ज्याभिर मार्शललाई विकेटकिपर विनोद भण्डारीमार्फत क्याच गराए।
यता सन्दीप लामिछानेले मोनान्क पटेललाई एलबीडब्ल्यू आउट गरे। जोन्सलाई उनले तेस्रो ओभरको चौथो बलमा एलबीडब्ल्यू आउट गएका हुन्।
अहिले नयाँ ब्याट्सम्यान अक्षय होमराज क्रिजमा आएका छन्।