आईसीसी विश्वकप लिग–२: नेपाल र अमेरिका आम्नेसाम्ने हुँदै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार चौथो तथा अन्तिम खेल हुदैछ। खेलमा नेपाल र अमेरिका दोस्रोपटक आम्नेसाम्ने हुदैछन्। 

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजे सुरु हुने खेल आफ्नो पक्षमा पारेर नेपाल यस श्रृंखलामा दोस्रो जीत निकाल्न चाहन्छ भने अमेरिका यसअघिको हारको बदला लिदै श्रृंखलाकै पहिलो जीत निकाल्न चाहन्छ । 

दुवै टोली जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छन्।

पहिला खेलमा नेपालसग अमेरिका ३५ रनले पराजित भएको थियो।

अमेरिकाले सिरिजमा कुनै जित निकाल्न सकेको छैन। ओमानसग दुवै खेलमा अमेरिका पराजित भएको थियो।

यस्तै नेपालले सिरिजका ३ खेल मध्य १ मा जित र २ मा हार ब्यहोरेको छ।

नेपाल दुवै पटक ओमानसग पराजित भएको छ।

पहिलो खेलमा १८ रनले पराजित नेपाल दोस्रो खेलमा ओमानसग ८ विकेटले हारेको थियो।

ओमान भने सिरिजमा चारै खेलमा जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

अमेरिका दोस्रो स्थानमा रहँदा नेपाल पुछारबाट दोस्रो स्थानमा छ।

याे लिगमा नेपालको ओपनिङमा निकै समस्या देखिएको छ। यसका साथै नेपालको ब्याटिङलाइन–अपले पनि राम्रो गर्न सकेको छैन।

नेपालका लागि अहिलेसम्म चार जना खेलाडीले अर्धशतक बनाएका छन् । जसमा युवा खेलाडी कुशल मल्ल, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर र विनोद भण्डारी रहेका छन्।

बलिङमा करण केसी र सुशान भारी बाहेक अन्य बलरहरु पनि जम्न सकेका छैनन्। करणले प्रतियोगितामा तीन खेलमा आठ विकेट लिएका छन्। उनले ओमानविरुद्ध चार तथा अमेरिकाविरुद्ध चार विकेट लिएका थिए।

प्रकाशित मिति: : 2020-02-12 19:27:44

प्रतिकृया दिनुहोस्