अमेरिकाविरुद्द नेपालकाे कीर्तिमानी जीत, सन्दीपले लिए ६ विकेट

आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्द कीर्तिमानी जीत निकालेको छ। 

टियू क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले अमेरिकामाथि ८ विकेटको जित हात पारेको हो। अमेरिकाले दिएको ३६ रनको लक्ष्य पछ्छाएको नेपालले ५.२ ओभरमा २ विकेट गुमाउँदै ३६ रनको लक्ष्य पुरा गर्यो।

नेपालका लागि पारस खड्काले उत्कृष्ट ब्याटिङ गरे। उनले १२ बलमा ३ चौका र १ छक्का सहित २० रनको योगदान दिए। यता दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिए।

यसअघि नेपालले पहिलो र दोस्रो विकेटको रुपमा सुवास खकुरेल र कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो। ज्ञानेन्द्र २ रनमा आउट भए भने खकुरेल शून्यमै आउट भए।

टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे अमेरिका १२औं ओभरमा सबै विकेट गुमाएर ३५ रनमै समेटिएको थियो।

अमेरिकाविरुद्ध नेपालका सन्दीप लामिछाने र सुशान भारीले उत्कृष्ट बलिङ साझेदारी गरे। जसमा सन्दीपले ६ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १६ रन खर्चेर ६ विकेट लिए भने सुशानले ३ ओभर बलिङ गर्दै १ मेडजन ओभरसहित ५ रन खर्चेर ४ विकेट लिए।

अमेरिकाका लागि जेभिएर मार्सलले १६ रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन्।

सन्दीपले पहिलो विकेट छैठौं ओभरको पहिलो बलमा जेभिएर मार्शलको लिएका थिए। उनले २२ बलमा २ चौका सहित १६ रन बनाएर खेलिरहँदा पारसको हातबाट क्याच आउट गराए। 

यस्तै ७ औं ओभरको दोस्रो बलमा पारस खड्काको हातबाट मोनाङक पटेललाई क्याच आउट गराएका थिए। पटेलले आउट हुनुपूर्व ११ बलमा ४ रन बनाए।

उनै सन्दीपले ७औं ओभरको अन्तिम बलमा निसराग पटेललाई बोल्ड गरेका थिए। पटेल पनि २ रनमै समेटिए। यस्तै १०औं ओभरको अन्तिम बलमा तिमिल पटेललाई सन्दीपले नै १ रनमा बोल्ड गरेका थिए। यता सन्दीपले ११औं ओभरमा थप दुई विकेट लिए। उनले तेस्रो बलमा अक्षय होमराजलाई तेस्रो बलमा व्यक्तिगत ४ रनमा पारसबाट क्याच आउट गराएका थिए भने अन्तिम बलमा नोस्थुश केन्जिगेलाई शून्य रनमै बोल्ड गराएका थिए।

उनले पहिलो विकेट छैठौं ओभरको पहिलो बलमा जेभिएर मार्शलको लिएका थिए। उनले २२ बलमा २ चौका सहित १६ रन बनाएर खेलिरहँदा पारसको हातबाट क्याच आउट गराए। यस्तै ८ औं र १० औं ओभरमा थप तीन विकेट लिए। 

उनले ८औं ओभरको तेस्रो बलमा आरोन जोन्सलाई ४ रनमा बोल्ड गरे। यस्तै १०औं ओभरको पहिलो बलमा क्यामरोन स्टेभेन्सनलाई १ रनमा बोल्ड गराए। भने सोही ओभरको अन्तिम बलमा रस्टी थेरनलाई शून्य रनमा बोल्ड गराए।

यो एकदिवसिय क्रिकेटको इतिहासमै सबैभन्दा सानो लक्ष्य हो। यसअघि सन् २००४ मा श्रीलंकाविरुद्ध जिम्मबाबेले १८.४ ओभर खेल्दै ३५ रनको लक्ष्य दिएको थियो।

नेपालविरुद्ध अमेरिकाले बनाएको यो खेलसँगै विश्व कीर्तिमान पनि बनेको छ। नेपालले अमेरिकालाई १२ ओभरमा अल आउट गर्दा यो कीर्तिमान पहिलो बनेको हो।

यसअघि जिम्बाबेले ३५ रन बनाउँदा सबै विकेट गुमाए पनि उसले धेरै ओभर खेलेको थियो।

दुई जितसँगै नेपालले लिगको ४ खेलमा ४ अंक जोडेको छ। नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ।

ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। अमेरिका १२ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

 

प्रकाशित मिति: : 2020-02-12 23:56:11

प्रतिकृया दिनुहोस्