आयरल्याण्डका क्रिकेटर केभिन ओ ब्रायनले पुनः काठमाडौं किंग्सबाट खेल्ने

बिएल संवाददाता

काठमाडाै‌ं

टेष्ट राष्ट्र आयरल्याण्डका क्रिकेटर केभिन ओ ब्रायनले पुनः काठमाडौं किंग्स इलाभेनबाट खेल्ने भएका छन्।

का७माडौंले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै केभिनले क्लबबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० खेल्ने जनाएको छ। काठमाडौंले पहिलो विदेशी खेलाडीको रुपमा केभिनलाई अनुबन्ध गरेको हो।

गत सिजन पनि केभिनले काठमाडौंबाटै खेलेका थिए। अलराउन्डर केभिनले गत सिजना उत्कृष्ट प्रदर्शन गरेका थिए।

केभिनले गत संस्करणको ईपीएलमा ७ खेल खेल्दै ९ विकेट हात पार्दा सर्वाधिक विकेट लिने खेलाडीको छैठौं स्थानमा रहेका थिए।

यस्तै ब्याटिङ तर्फ प्रतियोगिता भर १ सय ८४ रन बनाउँदा काठमाडौँको लागि सर्वाधिक रन बनाउने खेलाडी रहेका थिए।

केभिन ओ'ब्रायन सन् २००६ देखि आइरिस टोलीको महत्वपूर्ण सदस्य रहेका छन्। उनले आयरल्यान्डबाट तीन वटा एकदिवसीय र ५ वटा टी-२० विश्‍वकप क्रिकेटमा सहभागिता जनाएका छन्। केभिन आयरल्याण्डको लागि टेष्ट क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत हुन्।

साथै उनी उनी एकदिवसीय अन्तराष्ट्रियमा समेत सय विकेट लिने आयरल्याण्डका पहिलो खेलाडी हुन्।

काठमाडौं किंग्सका सीईओ राजजंग थापाले केभिन विश्‍वस्तरीय खेलाडी भएको र उनको नेतृत्व र खेलकौशलले टिमले उत्कृष्ट प्रदर्शन गर्ने विश्‍वास व्यक्त गरेका छन्।

एभरेष्ट प्रिमियर लिग आउँदाे मार्च १४ देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। 

 

प्रकाशित मिति: : 2020-02-26 04:09:53

प्रतिकृया दिनुहोस्