दृष्टिविहिन महिलालाई ‘मेनस्ट्रल कप’ वितरण

जीवन बनिया

काठमाडाैं

सोह्र जना दृष्टिविहिन महिलालाई ‘मेनस्ट्रल कप’ वितरण गरिएको छ। प्रयत्न नेपाल र ब्लाइन्ड एसोसिएसनको संयुक्त आयोजनामा आइतबार ‘मेनस्ट्रल कप’ वितरण गरिएको हो। 

काठमाडौंको सुकेधारामा आयोजित कार्यक्रममा ‘मेनस्ट्रल कप’ स्कुल तथा कलेजमा पढ्ने किशोरीहरुलाई वितरण गरिएको हो। ‘महिनावारी प्राकृतिक कुरा हो। महिनावारीको बिषयमा जानकारी गराउनु हाम्रो उद्देश्य हो,’ प्रयत्न नेपालकी  संस्थापिका सरिता लामिछानेले जानकारी गराइन्। 

कार्यक्रमा महिनावारी हुँदा हुने ‘मेनुपज’ र ‘मेनुब्लास’ मा आत्मरक्षा कसरी गर्ने भन्ने  बिषयमा जानकारी गराइएको थियो।

अध्यक्ष लामिछानेले महिनावारीको व्यवस्थापन कसरी गर्ने र यौन अधिकार के हो भन्ने सम्बन्धमा दृष्टिविहिन महिलालाई यस अघि पोखरा र काठमाडाैंमा गरी दुई वटा तालिम दिएको बताइन्। २०७४  सालमा स्थापना गरिएको प्रयत्न नेपालले आगामी दिनमा दुई नम्बर प्रदेशमा कार्यक्रम गर्ने योजना बनाएको छ।

कार्यक्रममा उपस्थित दृष्टिविहिन महिलाले समाजले साङ्ग सरह आफूहरूलाई जानकारी गराउने नगरेको दुखेसो पोखे। 

प्रकाशित मिति: : 2020-03-02 05:35:57

प्रतिकृया दिनुहोस्