फिल्म समिक्षा

पहिलो फिल्ममै आफ्नो क्षमता प्रदर्शन गर्न सफल निर्देशक जेकब चेज

फिल्मी दर्शकबीच लोकप्रिय हुँदै गएको छोटो स्केलको चलचित्र (सर्ट मुभी) अहिले  सिनेमा हलमा प्रदर्शन गर्ने लहर चलेको छ। यस्तै एउटा सर्ट फिल्म हो– ‘लेरी’। 

वास्तावमा लेरी एउटा यस्तो जीव हो, जसलाई अरु त के उसैलाई थाहा छैन कि उ के हो? यो बिसाल संसारमा उ कतै जान खोजिरहेको छ तर कता जाने उसैलाई थाहा छैन? उ जताजता जान्छ, त्याहाँका मान्छे उसँग डराएर भाग्छन? उ कता जान्छ, यस्तै अन्तरद्वन्दमा सर्ट फिल्म ‘कम प्ले’ को विभत्स रस टिकेको छ। 

डर र त्रासको भाव जगाउने यो सिनेमा ‘कम प्ले’ मा कुनै नयाँ हेर्न पाइन्छ भनेर सोच्नु भयो भने सायद निरास हुनुपर्ला। तर केवल एउटा हरर सिनेमा मात्र हेर्न बस्नु भयो भने राम्रो टाइम पास हुन्छ। बृत्तचित्र (ड्क्युमेण्टरी) को लोकप्रिय नाम जेकब चेजको निर्देशनमा यो पहिलो फिचर फिल्म निर्माण भएको हो। 

पहिलो फिल्म मै दर्शकको मनमा डर पैदा गर्न कठपुतलीलाई भूत बनाएका छन्, त्यसको प्रसंसा गर्न कन्जुसी गर्नुपर्दैन। एउटा निर्देशकको रुपमा उनलाई कलाकारले पनि राम्रो साथ दिएका छन्।

फिल्म ओलिभर नामक एक बालकको कथामा आधारित छ। उ मान्छेसँग कुराकानी गर्न आफ्नो मोबाइलमा एउटा एप्सको सहयोग लिन्छ। यसैबीच उसको बाबुआमाको झगडा हुन्छ र अलग–अलग बस्न थाल्छन। उ आमासँग बस्छ र आफ्नो सबै कुरा आमालाई सुनाउँछ। उसको कुनै साथी हुदैन र सबैले उसलाई जिस्काउने मात्र गर्छन। यसैबीच लेरी नामको जीव ओलिभरसँग मित्रता गास्न आइपुग्छ तर उ यो संसारको प्राणी होइन।

फिल्मको सुरुवातमा मोबाइल गेम खेलिरहेका ओलिभरको दुई आँखा हेर्दैमा दर्शकको रौँ ठाडो हुन्छ। लेरी नामक जीवलाई लगातार र लामो समयसम्म पर्दामा राखेर निर्देशकले त्रासको वातावरण टिकाइरहेका छन्। फिल्मको कथा वस्तु कुनै नौलो छैन तर फिल्मको अन्तसम्म दर्शकलाई एक किसिमको खुलदुली गराउन निर्देशक सफल भएका छन्। साथै डरको भावनालाई कायम गर्दै फिल्मलाई अगाडि बढाउन पनि उनी सफल छन्। 

कतैकतै यो फिल्म छ बर्ष पहिले प्रदर्शित फिल्म ‘द बाबाडुक’ जस्तै देखिन्छ तर जति यो सिनेमा हेर्दा दर्शक डराउने गर्छन्, त्यति ‘कम प्ले’ ले डराउन सकेको छैन। तर फिल्मको सुरुदेखि अन्तसम्म जसरी दर्शकलाई बाधेर राख्न यो फिल्म सफल छ। त्यसको तारिफ गर्ने पर्छ। हरर फिल्ममा पनि एउटा सामाजिक अनुभूतिलाई प्रवेश गराएर दर्शकलाई मनोरञ्जन दिनु यसै पनि कठिन काम हो।

फिल्मका कलाकारमा ओलिभरको भूमिका एजी रोबर्ट्सनले उत्कृष्ट अभिनय गरेका छन्। उसको अभिनय हेर्दा दर्शकको आँखा रसाउँछ।  उसलाई अरु बाल कलाकारले पनि राम्रो साथ दिएका छन्। ओलिभरको बाबुआमाको भूमिकामा गिलियन ज्याकब्स र जन गेलागर जूनियर दुवैले प्रभावशाली अभिनय गरेका छन्। सिनेमाको पटकथा र पार्श्व सङ्गीत कतैकतै देखेको र सुनेको जस्तो लाग्छ तर पनि नराम्रो भन्न मिल्दैन। फिल्मको छायाँकन र सम्पादन उच्च स्तरको छ। कूल मिलाएर हरर सिनेमाका पारखीको लागि यो सिनेमा एउटा उपहार हुनसक्छ अर्थात एकपटक हेर्दा पैसा खर्च भएकोमा दुःख लाग्दैन।

प्रकाशित मिति: : 2020-12-22 14:29:00

प्रतिकृया दिनुहोस्