‘एक भिलेन २’मा दिशा र जाेनकाे जाेडी

नायिका दिशा पटानीले मोहित सुरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘एक भिलेन २’मा काम गर्ने पक्का भएको छ।

निर्देशक सुरीले नायकको रुपमा जोन अव्राहिम र आदित्य रोय कपुरलाई फाइनल गरिसकेका छन्। अब, दिशाको समेत प्रवेश भएसँगै चलचित्रको टिम अझै पावरफूल बनेको छ।

सन् २०१४ मा निर्माण भएको चलचित्र ‘एक भिलेन’ बक्स अफिसमा हिट भएको चलचित्रमा नायकको रुपमा सिद्धार्थ मल्होत्रा श्रद्धा कपुर थिए। तर उनीहरुको सट्टामा दिशा र जोनलाई लिइएको हो।  

चलचित्रमा दिशा नायक जोनको जोडीको रुपमा देखिन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन्। चलचित्र ‘मलंग’मा दिशासँग काम गरेपछि मोहित प्रभावित भएका थिए।

यो चलचित्रमा दिशाको खतरनाक एक्सनका दृश्य हेर्न सकिने भारतीय मिडियाले उल्लेख गरेका छन्। यो चलचित्र सन् २०२१ को जनवरी ८ मा रिलिज हुनेछ।
 

प्रकाशित मिति: : 2020-03-03 02:11:29

प्रतिकृया दिनुहोस्