नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरण: बालकृष्ण खाँणसहित तीन जनाको बयान जारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित तीन जनाको बयान सुरु भएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीशद्वय प्रेमप्रसाद न्यौपानेले बयान सुरु गरेका हुन्।

आज खाँणसहित, टेकनाथ रिजाल र बिहीबार पक्राउ परेका हरिभक्त महर्जनको बयान जारी छ।

पक्राउ परेका १७ जनामध्ये खाँण, रिजाल र महर्जनबाहेक अन्यको बायन सकिएको छ।

बिहीबार भने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान सकिएको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको थियो।

प्रकाशित मिति: : 2023-06-02 12:06:00

प्रतिकृया दिनुहोस्