प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्न शिक्षण अस्पतालमा शुभेच्छुकको भीड (भिडियो)

प्रधामन्त्री केपी शर्मा ओली मृर्गौला पुनः प्रत्यारोपण बुधबार हुने भएपछि उनको स्वास्थ्यलाभको कामना गर्दै अस्पताल परिसरमा बिहानैदेखि शुभचिन्तकहरुको भीड लागेको छ ।

उनकै दल नेकपाका नेता–कार्यकर्ता, सर्वसाधारण र सञ्चारकर्मीसहित उपस्थितहरूले प्रधानमन्त्रीको सफल शल्यक्रियाको कामना गरिरहेका थिए।

नेकपाका सांसद् महेश बस्नेत, सञ्चारकर्मी रवि लामिछाने लगायतले प्रधानमन्त्री ओलीलाई भेटेर बाहिर निस्केपछि चिकित्सकको तयारीबारे जानकारी दिँदै प्रधानमन्त्री ओली अत्यन्त उत्साहित रहेको बताएका थिए ।

शुभेच्छान प्रकट गर्र्नेमा नेकपाका कार्यकर्ता, समर्थक त थिए नै, त्यसबाहेक मिर्गौला पीडित संघ, राप्रपाका विद्यार्थी नेताहरु पनि थिए । उनीहरूले पनि हात–हातमा प्रधानमन्त्रीको फोटोसहित ओली प्रदर्शन गरिरहेका थिए– गेट वेल सुन दियर प्रधानमन्त्री।

त्रिवि शिक्षण अस्पताल, नर्सिङ्ग क्याम्पसमा अध्ययनरत विद्यार्थीले पनि प्रधानमन्त्रीको सल्यक्रिया सफल होस् भन्ने कामना गरे । उनीहरूले शुभ समाचार सुन्न आतुर रहेको बताए। 

मिर्गौला पीडितहरूले प्रधानमन्त्रीको स्वास्थ्यलाभका लागि शल्यक्रिया सफल होस् भनी अस्पताल परिसरको मन्दिर परिसरमा पूजाआजासमेत गर्ने बताए । 

प्रकाशित मिति: : 2020-03-05 03:55:00

प्रतिकृया दिनुहोस्