गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
बिएल संवाददाता
प्रधानन्यायाधीशको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका १८ मध्ये ६ न्यायाधीश इजलास फर्किएका छन्। प्रधानन्यायाधीशविरुद्ध बार आन्दोलित भएपछि करिब एक महिनादेखि उनीहरुले इजलाश बस्न अस्वीकार गर्दैआएका थिए ।
न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाश ढुंगाना, कुमार चुडाल, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा मंगलबारदेखि इजलास फर्किएका हुन्। प्रधानन्यायाधीशको राजीनामा माग्दै बार एसोसिएसनले आन्दोलन थालेपछि न्यायाधीशले समेत इजलाश नबसेर उनीहरुलाई सघाउँदै आएका थिए ।
केही वरिष्ठ अधिवक्ताको स्वार्थमा आन्दोलन भएकाे भन्दै कानून व्यवसायीको ठूलो समूह पनि बारको आन्दोलनसँग असहमति राख्दैआएको छ । कांग्रेसनिकट कानून व्यवसायीहरुको संगठन 'डीएलए' र एमालेको संगठन 'पीपीएलए' ले पनि बारको आन्दोलनप्रति असहमति राखिसकेको छ । उनीहरुले तिहारअघि नै एकै व्यहोराका दुई विज्ञप्ति जारी गरेका छन् ।
न्यायाधीशहरु श्रेष्ठ र शर्माको इजलासले चारवटा मुद्दाको सुनुवाइ गरेर आदेश दिएको छ। केसी र चुडालको संयुक्त इजलासले पनि मुद्दा सुनुवाइ गरेको छ। प्रकाश ढुंगाना र कुमार चुडालको इजलासले भने एउटा बन्दीप्रत्यक्षीकरणको मुद्दामा आदेश जारी गरेको छ।
नेपाल बार एसोसिएसनले असन्तुष्ट न्यायाधीशसँग छलफल गरिरहेका बेला ६ जना न्यायाधीश इजलास फर्किएका हुन्।
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया