काराेनाकाे त्रासले छाेएन हाेली खेल्नेलाई (२० तस्बिर)

बिएल संवाददाता

काठमाडाै‌ं

फागु रङहरूको पर्व हो। पूर्णिमाको दिन फागु पर्व मनाइने भएपनि काठमाडौं उपत्यकामा यसको सुरूवात फागुन शुक्ल अष्टमीकै दिनबाट हुन्छ। हरेक वर्ष फागुन पूर्णिमा आउनुअघि अष्टमीको दिन वसन्तपुरमा तीनतले चीर ठड्याएपछि (चीर स्वायंगु) फागु खेल्न छुट पाइन्छ।

तर पूर्णिमाको रौनक भने निकै फिक्का देखिएको छ। विगतका वर्षमा होलीको दिन असाध्यै भिडभाड र चहलपहल हुने वसन्तपुर, इन्द्रचोक, असन, पाटन दरबार, मंगलबजार र भक्तपुर दरबारलगायतका क्षेत्र यसपटक सुनसान देखिन्छ।

यसपालि कोरोना भाइरसका कारण होली खेल्नेको संख्या ह्वात्तै घटे। एकातिर चिसो र फोहोर पानीले अन्य रोगको संक्रमण हुने डर र अर्कातिर भीडभाडमा जाँदा कोरोनाको जोखिम होला भनेर भीड कम देखियो। केही ठाउँमा बालबालिकाले फाट्टफुट्ट रुपमा अबिर र पिचकारी खेलेको देखिए पनि अभिभावकहरुले घरमै बसेर रङ, अबिर साटेका छन्। 

काठमाडौं उपत्यकामा जिल्ला प्रशासन कार्यालयले होलीका कार्यक्रम गर्न स्वीकृति दिएनन्।

तस्बिरहरु: मन्दिरा अधिकारी

featured_image

प्रकाशित मिति: : 2020-03-10 03:23:20

प्रतिकृया दिनुहोस्